गान्तोक: सिक्किम राज्य सहकारी संघका अध्यक्ष मंगलजीत राईले आज राज्यका राज्यपाल ओमप्रकाश माथुरसँग राजभवनमा भेट गरे। भेटको क्रममा सिक्किम राज्य सहकारी संघद्वारा सञ्चालित प्रशिक्षण कार्यक्रमबारे जानकारी गराए। यसअन्तर्गत महिलाहरूलाई सशक्तिकरण गर्ने उद्देश्यले सिक्किम सहकारी आन्दोलन शुरू गरिएको बताए। अध्यक्ष राईले सिक्किम र सम्पूर्ण उत्तर बंगालमा तैनाथ सेनाका एकाइहरूलाई सिक्किम दूध संघद्वारा दूध आपूर्ति गर्नेबारेमा पनि जानकारी गराए। राज्यपालले सामाजिक-आर्थिक विकासको लागि सहकारिता आवश्यक रहेको कुरामाथि जोड दिँदै संघलाई समर्पणका साथ काम गर्नुपर्ने आग्रह गरे। उनले सिक्किम राज्य सहकारी संघ र सहकारी भारती सिक्किम राज्य एकाइद्वारा गरिएक प्रयासको सराहना गरे।