खरसाङ: खरसाङको बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छेले अाज खरसाङमा पत्रकार सम्मेलन बोलाएर गोर्खाल्याण्ड शब्द पूर्ण रूपले असफल भएको शब्द हो भनी बताएका छन्। उनले यो शब्द सुवास घिसिङले जन्माएर मरेर पनि त्यसको घेवा पनि भएको भन्दै तर यसको बौरी नउठेको बताएका छन्। पेम्बा रिम्पोर्छेले गोर्खाल्याण्ड शब्द पूर्ण रूपमा असफल भएको र नै सुवास घिसिङले नफल्ने बनतरूल भनी बताएको बताउँदै अब गोर्खाल्याण्ड होइन अलग राज्यको लागि कार्य गर्नुपर्ने अाह्वान् गरेका छन्। उनले यसको लागि आफुले बाटो देखेको र यसप्रति कार्य गर्नलाई सबैले साथ र समर्थन दिने अाह्वान् गर्दै आफुले अलग राज्यको बाटो देखेको र लिएर पनि आउने कारण हिमालयन बौध्द गुरु भएकोले ढाट्न सक्तिन भनी बताएका छन्। उनले भने, ‘अब यस्तो बुध्दीजिवीहरूले बुझ्नुपर्छ, गोर्खाल्याण्डको माया त लाग्छ नि त्यो नफल्ने बनतरूण हो र यसको पछि लागेर कसैले रोजगार गुमाए, कोही घरविहीन भए, धेरै शहीद भए। यो पूर्ण रूपमा असफल भएको कुरालाई पन्छाएर हामी अलग राज्यको लागि काम गर्नुपर्छ। मैले अलग राज्यको बाटो देखेको छु मलाई साथ दिनु हवस, म अलग राज्यको मांगलाई अघि लिएर जानेछु।’
पेम्बा रिम्पोर्छेले बन्सल कम्पनी अधीनस्थ रहेको १० वटा बन्द चियाबारीहरू खेलिएको प्रसंगमा बोल्दै यसपाली बगानहरू खोलिएको छ राम्रो हो तर फेरि अर्को वर्ष पनि दशैं अघि बन्द भए यसरी नै श्रमिकहरूले थाल ठट्टाउनु पर्ने, भोक हड़तालमा बस्नु पर्ने कि के हो भनी प्रश्न गरेका छन्। उनले पहाड़को ८७ वटा बगानहरूमा चियाबारी श्रमिकहरूलाई कुनै पनि समस्या भए म सहयोग गर्न तयार छु भनी बताएका छन्। पेम्बा रिपोर्छेले पत्रकारहरूसित कुराकानी गर्दै अहिले दार्जिलिङ पहाड़लाई धेरै अवहेलना भएको छ अनि पाप पनि बढ़ेर गएको छ भनी बताए। उनले विधायकहरूले केही काम नगरेको भन्दै कोही मौरी पक्रनु व्यस्त, कोही अरुलाई गाली गर्नु व्यस्त रहेको तर अलग राज्यको लागि कुरा खोई गरेको भनी प्रश्न तेर्साएका छन्। रिम्पोर्छेले सबै राजनैतिक दलहरूले झूटो बोलेर हाम्रो आर्थिक स्थिति दुर्बल बनाएको छ। कसैले पनि पहाड़को लागि कार्य गरेका छैनन् भनी बताएका छन्।