खरसाङ: आज परेको पानीले खरसाङको केही स्थानहरूमा क्षति गरेको छ भने खरसाङको कटलेरी रोड सन्त अल्फन्सेस प्राथमिक पाठशाला नजिक रहेको पुलमुनि धस्किएको छ। यस पुल नजिकतिर रहेको स्थानीय फेनेक्स थापा, निलम थामी र शशी थापाको घरलाई खतरा उत्पन्न भएको बताइएको छ उक्त क्षतिग्रस्त पुल र नजिकमा रहेका घरहरुको २८ नम्बर खरसाङ चिमनी देवराली समष्टिको सभासद श्याम शेर्पाले निरीक्षण गरेका छन्। उनले पुल नजिक रहेका तीनवटा घर परिवारहरुलाई सन्त अल्फन्सेस प्राथमिक पाठशालामा सर्ने सुझाव दिइए पनि अहिले नै नसर्ने र यदि ठूलो पानी परे सर्ने भनी बताएको सभासद श्याम शेर्पाले बताएका छन्। उनले बताए अनुसार खरसाङको टुरिस्ट लजमुनि माटो बगेर घरहरुतिर पसेको पनि जानकारी गराउँदै भोलि सर सफाई गरिने भएको बताएका छन्। उक्त निरीक्षणपछि सभासद श्याम शेर्पाले एक भिडियो जारी गर्दै सबैलाई एका अर्कालाई सहयोग गर्ने र यो प्राकृतिक प्रकोपको समय र यस्तो आपतकालीन अवस्थामा छर छिमेकीहरु सजक र सहयोग गर्न तत्पर रहने निवेदन गरेका छन्। उनले कटलेरी रोडमा गएको पैह्रो निरीक्षण गरेपछि पैह्रो मरमत्तिको लागि आज नै पहल गरिएको जानकारी गराउँदै यस विषयमा जीटीए प्रमुख अनित थापासित पनि कुराकानी गरेर मरमत्तिको पहल गरिएको जानकारी गराएका छन्।