पानी झरीले खरसाङमा पुल‌ धस्कियो

IMG-20250415-WA0341

नगरपालिका टिमद्वारा निरीक्षण

खरसाङ: आज अचानक परेको पानीले खरसाङको सन्त अल्फन्सेस प्राइमेरी स्कूलमाथि कटलेरीमा पुलको गार्ड वाल (देवल) झरेर खतरा उत्पन्न भएको छ। उक्त पुलको माटो धस्केपछि वार्ड नम्बर २ र ३ सन्त जोसेफ प्राइमेरी स्कूलका गाडी एवं जनसाधारण हिँडन धेरै कठिनाई उत्पन्न भएको बताइएको छ। उक्त पुलको अवस्था पहिलादेखि नै जीर्णावस्थामा रहेको अनि उक्त बाटो र पुल निर्माण गर्न जीटीएको सम्बन्धित विभागीय पक्षबाट पहल गरिरहेको थियो भनी खरसाङ नगरपालिकाकोे भाइस चेयरम्यान सुवास प्रधानले जानकारी गराएका छन्‌‌। उनले उक्त पुलको निर्माणको लागि खरसाङ नगरपालिका पक्षबाट पनि उक्त क्षेत्रमावासीहरूलाई झट्टै नगरपालिकामा पत्रचार गरी फोटो खिँचेर दिने भनेका थियौं तर आजको एकै क्षणको भारी पानी पराइले उक्त पुलको वाल झरेर चिन्ताको विषय बनेको बताएका छन्। भाइस चेयरम्यान सुवास प्रधानले उक्त घटनाको सम्पूर्ण जानकारी जीटीए प्रमुख कार्यपाल अनित थापालाई दिएको बताएका छन्‌‌। उक्त क्षतिग्रस्त पुलको खरसाङ नगरपालिकाकोे भाइस चेयरम्यान सुवास प्रधान लगायत अन्यहरुले निरीक्षण गरेका छन्। उक्त पुल‌ धस्किएको क्षेत्रमा उनी लगायत पूर्व पार्षदहरु, वार्ड कमिटी र खरसाङ नगरपालिकाको अभियन्ता सञ्जय थापा पुगेर निरीक्षण गरेका छन्।

उक्त निरीक्षण कार्यपछि पत्रकारहरुलाई सम्बोधन गर्दै भाइस चेयरम्यान सुवास प्रधानले आज अचानक परेको पानीले पुल धस्केर क्षतिग्रस्त बनाएको छ भनी बताउँदै यो क्षतिग्रस्त क्षेत्रको निरीक्षण गरेर झट्टै मरमत्तिको लागि पहल गरिएको जानकारी गराएका छन्‌‌। उनले फिलहालको लागि नगरपालिकाको तर्फबाट तारपोलिन दिएर पैह्रो छोप्ने कार्य गरिएको बताएका छन्। उनले यो काम नगरपलािका कि जीटीएले भए पनि झट्टै गर्नलाई पहल गरिएको जानकारी गराएका छन्‌‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement