खरसाङ: तीनधारे महानदी समष्टि अन्तर्गत शिवखोला ग्राम पञ्चायतको नरबुङ चियाबारीमा रुख ढलेर एक घर क्षतिग्रस्त भएको जानकारी प्राप्त भएको छ। प्राप्त जानकारी अनुसार नरबुङ चियाबारी निवासी कपिल सुब्बाको घरमा रूख ढलेर घर क्षतिग्रस्त भएको छ। मंगलबार दिउँसो लगभग 3 बजीतिर नरबुङ चियाबारीमा हावापानी आएपछि घर नजिकको रुख ढलेर कपिल सुब्बाको घर क्षतिग्रस्त भएको बताइएको छ।

रुख ढलेर घर क्षतिग्रस्त भएपछि घरभित्र रहेको सर सामानहरु पनि क्षतिग्रस्त भएको जानकारी प्राप्त भएको छ।