खरसाङ: सर्व भारतीय स्तरमा सम्पन्न पिजन्ट वर्ल्डमा खरसाङकी पिंकी सिंह उप विजेता बनेकी छन्। गत २२ फरवरीदेखि नै मिरिकमा शुरु भएको यस पिजेन्ट वर्ल्डमा मिस्टर मिस र मिसेस पिजेन्ट ईण्डिया प्रतियोगिता सम्पन्न भएको छ। ब्युटी पिजेन्ट वर्ल्ड कोलकाताको आयोजनामा सम्पन्न यस मिस, मिस्टर र मिसेस प्रतियोगितामा भारतभरिका विभिन्न स्थानहरुबाट आएका जम्मा ३५० जनाले भाग लिएका थिए। ती सबै प्रतियोगीहरुबाट चयन हुँदै पिंकी सिंह फाइनलिस्ट बनिन्। फाइनल राउण्डमा जम्मा ८ जना पुगेका थिए जसमा महाराष्ट्र निवासी प्रथम बनेकी र खरसाङको मन्टिभियट रोड, गाँधी ग्राम निवासी २९ वर्षीय पिंकी सिंह दोस्रो बनेको जानकारी प्राप्त भएको छ। उनी एक प्रतियोगितामा भाग लिने एक मात्र नेपाली गोर्खा रहेकी थिइन्। मिरिकमा सम्पन्न उक्त पिजेन्ट वर्ल्डमा खरसाङ निवासी पिता सुनिल सिंह र माता अनिता सिमा सिंहकी सुपुत्री पिंकी सिंह मिसेस पिजेन्ट ईण्डिया २०२५ को उप विजेता बनेकी छन्।

उनी पाँच वर्षीय नानीकी आमा पनि हुन्। एकजना गृहस्थी भएर आफ्नो आत्मबल र मेहनतले मिसेस पिजेन्ट ईण्डिया २०२५ को उप विजेता बनेकी छन्। उनी आफ्नो यो सफलतामा खुशी रहेकी छन् भने आगामी दिनमा पनि यस्ता प्रतियोगिताहरुमा मौका र मञ्च पाएको खण्डमा अवश्य नै सहभागिता जनाउने बताएकी छन्।