सोनादा: सोनादा हिमालयन होमस्टे वेलफेयर एसोसिएशनले आज प्रदूषित पर्यावरणलाई ध्यानमा राख्दै आज सोनादा क्षेत्रको पर्यटकीय स्थलहरू सर सफाई गर्ने कार्य गरेका छन्। एसोसिएसनले आज सोनादाको रेलवे स्टेशन परिसर र सोनादा क्षेत्रको प्रसिद्ध पर्यटकीय स्थल इन्द्रेणी फल्स पनि सर सफाई गरेका छन्। एसोसिएसनले यस क्षेत्रका भीबीडीहरुका सहयोगमा सर सफाई गर्ने कार्य सम्पन्न गरेका छन्।

यस क्रममा एसोसिएसनले सोनादा क्षेत्रका कतिपय पर्यटकीय स्थलहरुमा ज्यादा प्रदूषण भएको कतिपय सामाजिक सञ्जालहरुमा पर्यटनहरुले दार्जिलिङको गरिमालाई नकारात्मक टिप्पणी गरेको कुरोलाई मध्य नजर राख्दै सोनादा क्षेत्रको पर्यटकीय स्थलहरू सर सफाई गर्ने कार्य शुरू गरेको छ। यसै क्रममा अप्पर सोनादा ग्राम पञ्चायत, निम्न सोनादा ग्राम पञ्चायत अनि धोतरिया कलेजभेल्लीका सम्पूर्ण भीबीडीहरुलाई लिएर सोनादा रेलवे स्टेसन अनि इन्द्रेणी फल्स परिसरमा सर सफाई गरिएको छ यसबारे बोल्दै होमस्टे एसोसिएसनका सचिव निरुपमा मोक्तानले आज सोनादा क्षेत्रको पर्यटकीय स्थलहरू सोनादा रेलवे स्टेशन र इन्द्रेणी फल्सको सर सफाई गरिएको जानकारी गराएकी छन्। उनले पहाडमा पर्यटकहरुले फोहोर मैला छ भनेर भन्ने गरेको साथै सामाजिक सञ्जालमा फोहोर मैला छ भन्ने गरेकोले हामी एसोसिएसन मिलेर पर्यटकीय स्थलहरू सर सफाई गर्ने कार्य गरिएको जानकारी गराएकी छन्। उनले सोनादा क्षेत्रमा होम स्टेहरु राम्रोसितले सञ्चालन हुन थाले यस क्षेत्रको आर्थिक अवस्थामा सुधार हुनेछ भनी बताएकी छन्।

उनले आगामी दिनमा सोनादा क्षेत्रको विभिन्न संघ संस्थाहरुलाई लिएर पनि सर सफाई गरिने जानकारी गराएकी छन्। यसको साथै अध्यक्ष उर्मिला शेर्पाले सोनादा क्षेत्रको विभिन्न पर्यटकीय स्थलहरू सर सफाई गरिएको र यस कार्यको लागि सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्।