गाेर्खा राष्ट्रिय भूतपूर्व सैनिक संगठनकाे एउटा सभा

मिरिक: गाेर्खा राष्ट्रिय मुक्तिमोर्चाकाे सैनिक संगठन गाेर्खा राष्ट्रिय भूतपूर्व सैनिक संगठनकाे एउटा सभा मिरिक गाेरामुमाे ब्रान्च कार्यालयमा भयाे।सभामा संगठनका केन्द्रीय अध्यक्ष अशाेक गाेले, उपाध्यक्ष समीर तामाङ, काेषाध्यक्ष हेम राणा, महासचिव भीम सुब्बा, सहदेव रहनपेहली,अनिल राई, गाेरामुमाे मिरिक ब्रान्च अध्यक्ष महेन्द्र खड्का, केन्द्रीय सदस्य विरेन कार्की, सीके गाेले आदि उपस्थित थिए।सभापछि पत्रकारहरूसित बाेल्दै गाेर्खा राष्ट्रिय भूतपूर्व सैनिक संगठनकाे केन्द्रीय अध्यक्ष अशाेक गाेलेले सांगठनिक गतिविधिबारे चर्चा गर्न नै सभा गरिएकाे जसमा भावी कार्यक्रमहरूबारे व्यापक चर्चा गरिएकाे बताए।तिनले १९८६ देखि सुवास घिसिङले देखेकाे सपनालाई साकार बनाँउन अब भूतपूर्व सैनिकहरू पनि सक्रिय बन्नु पर्ने कुराेमा जाेर दिदै यदि पहाडमा बसेका छन भने पहाडकाे गाेर्खा भएर बस्नपर्छ बंगालकाे गाेर्खा भएर बस्न हुदैन।बंगालकाे गाेर्खा भएर बस्नेहरूले जातिलाई पार लगाँउन सक्दैन भने। तिनले गाेरामुमाेले नै उठान गरेकाे माग गाेर्खाल्याण्ड हाे भन्दै अब भूतपूर्व सैनिकहरू खानापिना, नाला झाेडा आदिकाेपछि कुद्नु हुदैन भन्दै अब संगठित भएर जातिकाे उत्थान र मुद्धालाई पार लगाँउनुपर्छ भने। तिनले गाेरामुमाे जीटीए जस्ताे थाेत्रे ब्यावस्थामा बस्न चहादैन भन्दै केन्द्र सरकारले गाेर्खाहितमा पीपीएस दिन्छ भने छैटाै अनुसूचि भन्दामाथिकाे संवैधानिक ब्यावस्था दिएकाे हुनपर्छ भने। तिनले सरकारले शुरू गरेकाे अग्निवीर याेजना एकदमै राम्राे रहेकाे बताँउदै यसले युवाहरूकाे भविष्य उज्जव बन्नेछ भने।

About Author

Advertisement