झापा(नेपाल): २०८१ सालमा धेरै कमाउने मध्येको फिल्म ‘छक्कापञ्जा ५’ ओटीटीमा रिलिज भएको छ। नयाँवर्ष २०८२ सालको अवसरमा दीपकराज गिरी स्टारर फिल्म ‘एमएसएम’ ओटीटीमा स्ट्रिमिङ सुरु भएको हो।
चलचित्र विकास बोर्डका अनुसार फिल्मले गतवर्ष १५ करोड २० लाख रुपैयाँ ग्रस कमाइ गरेको थियो। हलमा समेत राम्रो कमाइ र समीक्षा प्राप्त गरेको यो फिल्मलाई अन्ततः इन्टरनेट प्रयोगकर्ताले उक्त ओटीटीमा सशुल्क हेर्न पाउने भएका हुन्।
नयाँ नेपाली फिल्म हलमा आएको केही महिनामै दर्शकले यो प्लाटफर्ममा फिल्म हेर्न पाइरहेका छन्। ‘छक्कापञ्जा’को पाँचौ श्रृंखलामा दीपकसहित केदार घिमिरे, वर्षा सिवाकोटी, प्रकाश घिमिरे लगायतको अभिनय छ। दीपाश्री निरौलाले फिल्म निर्देशन गरेकी हुन्।
पछिल्लो समय ‘एमएसएम’ ओटीटीले धमाधम नेपाली फिल्म स्ट्रिमिङ गरिरहेको छ।