चण्डीगढ़: आईपीएल २०२५-मा नयाँ जोशको साथ खेलिरहेको पञ्जाब किंग्सलाई ठूलो झट्का लागेको छ। टीमका प्रमुख पेस बलर लोकी फर्ग्यूसन चोटले गर्दा सीजनको रहल म्याचहरूबाट बाहिर भएका छन्। गत च्याम्पियन काेलकत्ता नाइट राइडर्स (केकेआर)-विरुद्ध मंगलवार खेलिने म्याच अघि पञ्जाब किंग्सका बलिंग प्रशिक्षक जेम्स होप्सले यस्तो जानकारी दिए। शनिवार सनराइजर्स हैदराबादविरुद्ध म्याचमा फर्ग्यूसन केवल २ बल गरेर देब्रे खुट्टाको समस्याले गर्दा मैदान बाहिर गएका थिए। त्यसपछि उनलाई रहल समयमा मैदानमा देखिएन अनि उनको टीमले 8 विकेटले हारको सामना गर्नु परेको थियो। होप्सले भने, फर्ग्यूसन अनिश्चितकालको निम्ति बाहिर भएका छन् अनि टुर्नामेण्टको अन्तसम्म उनलाई टीममा ल्याउने हाम्रो सम्भावना कम्ती नै छ। मेरो विचारमा उनलाई गम्भीर चोट लागेको छ। उल्लेखनीय छ, फर्ग्यूसनलाई यसअघि यूएई-मा आईएलटी२० मा खेल्दा पनि ह्याम्स्ट्रिंगको चोटले सताएको थियो। त्यही चोटले गर्दा उनले न्यूजील्याण्डको तर्फबाट च्याम्पियन्स ट्रफीमा खेल्न सकेका थिएनन्। पञ्जाब किंग्सको सेट-अपमा अन्य विदेशी पेस बलिंग विकल्पहरूमा जेवियर बार्टलेट र अलराउण्डर अजमतुल्लाह उमरजई रहेका छन्। भारतीय बलरहरूका दृष्टिकोणले टीममा विजयकुमार वैशाख रहेका छन्, जसले सीजनको पहिलो म्याचमा गुजरात टाइटन्सविरुद्ध प्रभावशाली प्रदर्शन गरेका थिए।









