पाकिम: पाकिमको कार्थोक आर्चरी फिल्डमा जारी २३औं मुख्यमन्त्री कम्पाउण्ड आर्चरी स्वर्ण कप प्रतियोगिताको आज पॉंचौ दिन सिच्छे मावरिक्सले जोजो ७ लाई ४८-२४ ले पराजित गरेर अर्को चरणमा प्रवेश गरेको छ।
आज पूर्व विधायक एम प्रसाद शर्मा र पूर्व ओएसडी पीएल सुब्बा अतिथि थिए। कार्यक्रममा परम्परागत ढॉंचामा राज्यकी पहिलो महिला आर्चर रश्मी तामाङलाई सम्मानित गरियो। उनी स्टेट च्याम्पियन हुनुका साथै राष्ट्रियस्तरकी प्रतिभागी पनि हुन्।
अरु दिन जस्तै आज पनि गुड्डी उडाउने र डार्ट प्रतियोगिताहरू आयोजन गरियो भनेे कलाकारहरूले परम्परागत सांस्कृतिक प्रस्तुतिहरू पनि पेश गरेका थिए।