भारतीय मोटरसाइकलमा आएको समूहद्वारा गोली प्रहार, युवक घाइते

IMG-20250414-WA0397

इनरुवा: सुनसरीको सीमावर्ती गाउँपालिका देवानगन्जमा गोली प्रहारबाट एक जना घाइते भएका छन्। भारतीय नम्बरको मोटरसाइकलमा आएको तीन जनाको समूहले सोमबार साँझ गोली प्रहार गरेको हो।
उक्त समूहले देवानगन्ज–७ का २६ वर्षीय शिवुकुमार मेहता, पिन्टु यादव र देवानगन्ज १ का २४ वर्षीय रवीन्द्र यादवलाई लक्षित गरी गोली प्रहार गरेका थिए। गोली शिवुकुमारलाई मात्र लागेको थियो।
पेटमा गोली लागेका उनको विराटनगरस्थित नोबेल अस्पतालमा उपचार भइरहेको छ। घटनाबारे बुझ्ने काम भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। गोली प्रहार गर्ने मध्ये एकजना भारतीय रहेको जनाइएको छ।
देवानगन्ज गाउँपालिका अध्यक्ष बेचनप्रसाद मेहताका अनुसार घटनापछि सीमा क्षेत्रमा स्थानीय प्रशासनले सुरक्षाकर्मी परिचालन गरी गोली प्रहार गर्नेहरूको खोजी गरिरहेका छन्। घटनास्थलबाट गोलीको तीन वटा खोका बरामद भएको उनले बताए।
कोशी प्रदेशका प्रहरी प्रमुख डीआइजी राजन अधिकारीले घटनाबारे विस्तृत बुझ्ने काम भइरहेको जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement