११ सेप्टेम्बरः पहाड़ी युवा संघ, रोंगचोंगको तत्त्वावधानमा आयोजित कल्पना छेत्री अनि रञ्जना शेर्पा स्मृति च्यालेञ्ज कप नक्आउट फूटबल टुर्नामेण्टमा आइतवार खेलिएको पहिलो म्याचमा रोंगचोंग सुन्तले ड्राइवर्स वेलफेयर एसोसिएशन (आरएसडीडब्ल्यूए)-ले जीत हासिल गऱ्यो। लोहापुल (एनएच १०) नजिक रोंगचोंग प्राइमरी स्कूल खेल मैदानमा आज भएको पहिलो म्याचमा आरएसडीडब्ल्यूए-ले देउराली फूटबल क्लबलाई १-०-ले पराजित गऱ्यो। विजेता टीमबाट एकमात्र गोल विक्रम राईले छिराए। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा ३६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल ३० सेप्टेम्बरमा हुनेछ। यसरी नै फाइनल २ अक्टोबरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख १० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।










