गान्तोक: सिटिजन एक्सन पार्टी (क्याप) सिक्किमले नयॉं वर्ष २०८२ को राज्यवासीहरूमा शुभकामना व्यक्त गरेको छ।
‘नयॉं वर्ष, नयॉं उर्जा, नयॉं सम्भावनाहरू लिएर आएको २०८२ साल हामी सबैका लागि न्याय, समानता र सच्चा परिवर्तनको नयॉं युगको शुरुवात बनोस्। हिजोको अन्याय, बेवास्ता र विभेदलाई बिसाउॅंदै आज हामी जवाफदेही राजनीति, सजग नागरिक चेतना र समावेशी विकासको यात्रामा अघि बढिरहेका छौ। यो नयॉं वर्ष हाम्रो संघर्षको प्रतीक बनोस्। हाम्रो सपना साकार हुने शुरुवात बनोस्’, क्यापले आफ्नो सन्देशमा भनेको छ।