गेजिङ: लिङचोम वरिष्ठ माध्यमिक विद्यालयको कौस्तुभ जयन्ती समारोह भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा सिक्किम सरकारका सडक तथा पुल विभागका मन्त्री एनबी दाहाल मु ख्य अतिथि थे। मन्त्री दाहालले आफ्नो सम्बोधनमा शिक्षा समाजको मेरुदण्ड भएको उल्लेख गर्दै आधुनिक शिक्षण पद्धति र विद्यार्थीमैत्री वातावरण विकासमा सबै पक्षको सहकार्य अपरिहार्य रहेको धारणा राखे। उनले सिक्किमको सडक व्यवस्थामाथि बोल्दै राज्य सरकारले राज्यको सडक सुधारमा तीब्र गतिमा कार्य गरिरहेको बताए। ग्रामीण सडक योजना र राज मार्गको बडोत्तरीमा सरकार गम्भीर रहेको उल्लेख गर्दै सडक व्यवस्थापन सुचारु गर्न आम नागरिकको सहभागितामाथि पनि जोड़ दिए। यस अवसरमा विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका थिए। विद्यार्थीहरुबाट प्रस्तुत गरिएको नृत्य, गीत र विविध कार्यक्रम मुख्य आकर्षण रहेको थियो। खेलकुदमा खुल्ला पुरुष लातेभकुण्डो खेल तथा अन्तर विद्यालय स्तरको फुटबल सेमिफाइनल खेल पनि सम्पन्न भयो। कार्यक्रममा गेजिङ जिल्ला पञ्चायतका अध्यक्ष डीएस लिम्बू, गेजिङ ओमचुङ जिल्ला पञ्चायतका सदस्य सागर शर्मा, जिल्ला पञ्चायत सदस्य पूर्णवीर लिम्बु, पूर्व विद्यार्थी संघका सदस्यहरु, साथै ग्राम पञ्चायतका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो। यस प्रकारको आयोजनाले विद्यार्थीहरुमा राष्ट्रियता, संस्कृति तथा खेलकुदप्रतिको रुचि विकास गर्न सहयोग पुर्या उने आयोजक पक्षको विश्वास रहेको छ।