गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज गेजिङ जिल्लाको अप्पर भालुथाङ निवासी एक गरीब विद्यार्थीलाई स्कूटी प्रदान गरेका छन्। गेजिङ जिल्ला सञ्चमान लिम्बू सरकारी महाविद्यालयमा नेपालीमा अनर्स विषय लिएर अध्ययनरत छात्रा सृष्टि दर्जीलाई आज स्कूटी प्रदान गरिएको हो। मुख्यमन्त्री तामाङले आफ्नो आधिकारिक फेसबुक पेजमा उक्त जानकारी गराएका हुन्। उनले उल्लेख गरेअनुसार आफ्नो भ्रमणको क्रममा स्वागत जनाउन बसेका विद्यार्थीहरूमध्ये सृष्टि दर्जी एक सामान्य परिवारबाट रहेको र उनको घरमा सरकारी नोकरी गर्ने कोही सदस्य नभएपछि उनलाई कलेज आउन समस्या थियो।

उनको समस्या थाह लागेपछि मुख्यमन्त्रीले तत्कालै समस्या समाधान गरिदिएका छन्।