लखनऊ: चेन्नई सुपर किंग्स (सीएसके)-ले आईपीएल २०२५-को ३०औं म्याचमा लखनऊ सुपर जाइण्ट्स (एलएसजी)-विरुद्ध ५ विकेटले रोमाञ्चक जीत हासिल गऱ्यो। यहाँको एकाना स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै एलएसजी-ले २० ओभरमा ७ विकेट गुमाएर १६६ रन बनायो। कप्तान रिषभ पन्तले सर्वाधिक ६३ रन बनाए। उनले ४९ बल खेलेर ४ वटा छक्का र ४ वटा चौका लगाए। यसबाहेक मिचेल मार्शले ३०, अयुष बडोनीले २२ र अब्दुल समदले २० रनको योगदान दिए। फर्ममा रहने निकोलस पूरन केवल ८ रन बनाएर आउट भए। चेन्नईका बलरहरूमा रविन्द्र जडेजा र मथीषा पथिरानाले २-२ विकेट लिए। जवाफमा सीएसके-ले १९.३ ओभरमा ५ विकेटमा १६८ रन बनाएर म्याच जित्यो। इम्प्याक्ट प्लेयरको रूपमा खेलिरहेका शिवम दुबेले अविजित ४३ रन बनाए। उनले ३७ बल खेलेर ३ वटा चौका र २ वटा छक्का लगाए। दुबेले कप्तान एमएस धोनीसँग छैटौं विकेटको निम्ति २८ बलमा ५७ रनको अटूट पार्टनरशीप गरेर टीमलाई जीत दिलाए। धोनीले ४ वटा चौका र एउटा छक्काको साथ ११ बलमा अविजित २६ रन बनाए। यी दुईजना बाहेक रचिन रविन्द्रले ३७ र शाइक रशीदले २७ रनको योगदान दिए। एलएसजी-का बलरहरूमा स्पिनर रवि बिश्नोईले सर्वाधिक २ विकेट लिए। सीएसके-को यो आईपीएलको जारी सीजनमा लगातार ५ वटा हारपछि पहिलो अनि समग्रमा ७ वटा म्याचमा दोस्रो जीत हो।