नयाँ दिल्ली: हकी इण्डियाले २६ अप्रेलदेखि ४ मईसम्म हुने अष्ट्रेलिया यात्राको निम्ति सोमवार २६ सदस्यीय महिला टीमको घोषणा गऱ्यो, जसमा ५ जना नयाँ खेलाड़ीलाई पहिलोपल्ट सीनियर टीममा सामेल गरिएको छ। भारतले यस यात्रामा जम्मा ५ वटा म्याच खेल्नेछ। यात्रामा पहिलो २ वटा म्याच अष्ट्रेलिया ए विरुद्ध रहनेछ। त्यसपछि भारतले अष्ट्रेलियाई सीनियर टीमविरुद्ध ३ वटा म्याचको सीरीज खेल्नेछ। सबै म्याच पर्थ हकी स्टेडियममा खेलिनेछ। यो यात्रा जूनमा हुने एफआईएच प्रो लीग २०२४-२५-मा
टीमको यूरोपेली चरणको तयारीहरूलाई ध्यानमा राखेर महत्त्वपूर्ण छ। पाँचजना खेलाड़ी ज्योति सिंह, सुजाता कुजूर, अजमीना कुजूर, पूजा यादव र महिमा टेटे-लाई पहिलोपल्ट सीनियर टीममा सामेल गरिएको छ। टीममा अनुभवी र नयाँ खेलाड़ीहरूका मिश्रण रहेको छ। टीमको नेतृत्व मीडफिल्डर सलीमा टेटे-ले गर्नेछिन् जबकि अनुभवी फरवर्ड नवनीत कौरलाई उपकप्तान नियुक्त गरिएको छ। अनुभवी सविता र युवा बिचु देवी खारीबामले गोलकीपरको भूमिका निर्वाह गर्नेछिन्। यसरी रक्षापंक्तिमा ज्योति सिंह, इशिकार चौधरी, सुशीला चानू पुखराबम, सुजाता कुजूर, सुमन देवी थौदम, ज्योति, अजमीना कुजीर र साक्षी राणा रहनेछिन्। मध्यपंक्तिको जिम्मेवारी कप्तान सलीमा टेटे, वैष्णवी विट्ठल फाल्के, नेहा, शर्मिला देवी, मनीषा चौहान, सुनेलिता टोप्पो, महिमा टेटे, पूजा यादव र लालरेम्सियामीमाथि रहनेछ। अग्रिम पंक्तिमा नवनीत कौर, दीपिका, रुताजा दादासो पिसल, मुमताज खान, बलजीत कौर, दीपिका सोरेंग र ब्यूटी डुंगडुंग रहनेछिन्। बंसारी सोलंकी (गोलकीपर), अञ्जना डुंडुंग रलालथण्टलुआंगी (डिफेण्डर), साक्षी शुक्ला र खैदेम शिलेमा चानू (मीडफिल्डर) तथा मोनिका टोप्पो र सोनम (फरवर्ड)-लाई स्ट्याण्डबाई खेलाड़ीको रूपमा चयन गरिएको छ। टीमका मुख्य प्रशिक्षक हरेन्द्र सिंहले भने, हामीले सन्तुलित टीमको चयन गरेका छौं। टीममा अनुभवी र युवा खेलाड़ीहरूका असल मिश्रण छ। युवा खेलाड़ीहरूले राष्ट्रिय स्तरका प्रतियोगिताहरू र सीनियर शिविरमा आफ्नो कौशल देखाएकी छन्। अब अन्तर्राष्ट्रिय स्तरको चुनौतीहरूलाई कसरी सामना गर्नेछिन् भन्ने हेर्नु रोचक हुनेछ।