मुम्बई: पासंग दोर्जे तामाङ (सौरभ)-को यादगार ह्याट्रिकको सहायताले रिलायन्स फाउण्डेशन डेवलपमेण्ट लीग (आरएफडीएल) -मा मोहन बगान सुपर जाइण्ट्सको युथ टीम (अण्डर-२१) च्याम्पियन भयो। मोहन बगान सुपर जाइण्ट्सले सोमवार मुम्बईको रिलायन्स कर्पोरेट पार्कमा खेलिएको फाइनलमा क्लासिक फूटबल एकाडमी, इम्फाल (मणिपुर)-विरुद्ध ३-०-ले जीत हासिल गऱ्यो। मोहन बगान एसजी को तर्फबाट सिलगढ़ीका उदीयमान फरवर्ड पासंग दोर्जे तामाङ (सौरभ)-ले ह्याट्रिक गरे। उनले म्याचको आठौं, २३औं र ५१औं मिनटमा गोल गरी आफ्नो टीमलाई जीत दिलाउनको साथै ह्याट्रिक पूरा गरे। रिलायन्स फाउण्डेशन डेवलपमेण्ट लीगमा मोहन बगान एसजी-बाट खेल्दै सिलगढ़ीका अन्य एक फूटबलर तुषार विश्वकर्माले पनि असाधारण प्रदर्शन गरेका छन्। मोहन बगान सुपर जाइण्ट्सको सीनियर टीम केही दिन अघि मात्र आईएसएल २०२४-२५ मा पनि च्याम्पियन भएको थियो।