समाजलाई घेर्ने समस्याहरु बारे सिपाहीधुरामा पुलिसद्वारा जनचेतनामूलक कार्यक्रम     

00-1-4d8d58ef-b49a-4584-9736-cb3dcd644fe0

खरसाङ: मानव तस्करी, बाल उत्पीडन, बाल विवाह, दुर्व्यसन, साइबर अपराध, अव्यवस्थित फोहोरमैला जस्ता समस्याहरुले घेरिन्दै गएको समाजलाई जागरुक गराउन आज अर्थात आइतबार खरसाङ बजारदेखि करिब आठ किलोमिटर टाडो सिपाहीधुरामा जनचेतनामूलक कार्यक्रम सम्पन्न भयोl यो कार्यक्रम दिलाराम पुलिस आउट पोस्टको आयोजनामा सम्पन्न भयोl कार्यक्रममा जीटीएक सभासद नुरी शेर्पा विशिष्ट अथितिका रुपमा उपस्थित थिएl  

मार्गका प्रतिनिधी राधा खवास l

हालमा बढ्दै गएको बाल विवाह र बाल यौन उत्पीडनबारेमा गैर सरकारी संस्था कन्चनजङ्घा उद्धार केन्द्रद्वारा संचालित दार्जीलिङ चाइल्डलाइन उप केन्द्र खरसाङकी टीएम मेम्बर दीपशिखा छेत्रीले जानकारी दिइन्l बाल विवाहले बालिकाहरुलाई मानसिक, शारीरिक रुपमा गम्भीर क्षति हुने उनले बताइन्l कलिलो उमेरमा बिहे गर्दा बालिकाहरुको स्वास्थ्यलाई क्षति पुर्याउँछ भने उसको जीवनमा विकासको गति रोकिन्छ भन्ने कुरा उनले राखिन्l बाल विवाहको असर परिवार साथै समाजमा नकारात्मक रुपमा पर्ने बताउँदै यो कानुनी अपराध रहेको बारेमा सबैलाई बताइन्l उनले चाइल्डलाइनबारे छोटो जानकारी दिँदै बालबालिकाहरुलाई यौन उत्पीडनको शिकार हुनबाट बचाउन उनले आहवान गरिन्l यदि कुनै बालबालिका समस्या परे तुरुन्तै चाइल्डलाइनको राष्ट्रिय नि:शुल्क टेलिफोन परिसेवा १०९८ मा फोन गरेर उजुरी गर्ने उनले आहवान गरिन्l

वक्तव्य प्रस्तुत गर्दै कार्यक्रमका विशिष्ट अतिथि जीटीएका सभासद नुरी शेर्पा l

दार्जीलिङका गैर सरकारी संस्था मार्गकी प्रतिनिधी राधा खवासले मानव तस्करी कसरी गरिन्छ अनि यसलाई कसरी रोक्न सकिन्छ भन्ने बारेमा प्रयोगात्मक रुपमा जानकारी दिइन्l आफ्नो रोचक प्रस्तुतिद्वारा उनले मानव तस्करी रोक्नका लागि समाजका हरेक पाटाको दायित्व रहेको हुनाले सबैजना सजग र सतर्क रहनुपर्ने बारेमा बताइन्l मानव तस्कर कसरी प्रलोभन देखाउँदै आउँछन् र आफ्नो शिकार लिएर जान्छन्, यसलाई आफ्नो प्रयोगात्मक प्रस्तुतिमा  सेफ नेट (सुरक्षा जालो) को माध्यमबाट जानकारी दिइन्l विदेशमा रोजगारको लागि जाँदा सबै कागजपत्र जाँच गरेर राम्रोसित बुझ्नुपर्ने सुझाव उनले दिइन्l अहिले समग्र विश्व नै फोहोरमैला र प्लास्टिकको समस्यासित जुझिरहेको छl यसबाट दार्जीलिङ पहाडी भेक पनि अछुतो छैनl यसलाई लिएर मिरिकको गैर सरकारी संस्था लेट्स गो फाउन्डेसनले विशेष अभियान यस भएमा चलाइरहेको छl फोहोरमैला व्यवस्थापनबारे लेट्स गो फाउन्डेसनको सिपाहीधुरा शाखाका निर्जला तामाङ, लासङ तामाङ, अंशिका ठकुरी र शलाखा थापाले जनाकारी दिइन्l उनीहरुले फोहोरमैलालाई व्यवस्थित राख्नुपर्ने र प्लास्टिकमुक्त समाज कसरी बनाउन सकिन्छा भन्ने बारेमा बताएl प्लास्टिकका बोतालहरु जतासुकै नफ्याँकेर यसलाई इको ब्रीकको रुपमा प्रयोग गर्न सकिने बारेमा बताएl पर्यावरण संरक्षण र फोहोरमुक्त समाज निर्माण गर्न सबैको दायित्व रहेको उनीहरुले बताएl समाजको अर्को गाडे घाउ ड्रग्सको दुर्व्यसनबारेमा म्याराथन धावक प्रेमुश भोटियाले खुबै रोचक वक्तव्य प्रस्तुत गरेl उनी आफै कसरी दुर्व्यसनको शिकार बने यसबारेमा जानकारी दिएर सबैलाई ड्रग्सदेखि सतर्क रहने आहवान गरेl ड्रग्सको दुर्व्यसनले एक व्यक्तिको जीवन, परिवारलाई कसरी संकटको पैदा गर्छ यसबारेमा सबैलाई विस्तृत रुपमा जानकारी दिएl

लेट्स गो फाउन्डेसनका प्रतिनिधी

कन्चनजङ्घा उद्धार केन्द्रका प्रतिनिधीले मानव तस्करीबारेमा बोल्दै यसका कारणहरु बारेमा बताएl बेरोजगारी, गरिबी, अशिक्षा, गाउँबाट शहर-शहरबाट महानगरहरुप्रतिको आकर्षण, अति उच्च महत्वकांक्षा मानव तस्करीका कारणहरु रहेको बताएl मानव तस्करहरु आफन्त साथै अन्य विभिन्न रुपमा आएर तस्करीको संजाल फैलाउने गर्छ भन्ने कुरा उनले गरेl कहिले नोकरीको प्रलोभन, कहिले झुटो प्रेम र विवाहको जालमा मानव तस्करहरुले फसाउने गरेको पनि उनले बताएl यसबाहेक समाजमा बढ्दै गएको बाल यौन उत्पीडन बारेमा पनि सबैलाई सतर्क गराउँदै हरेक बालबालिकाको सुरक्षा गर्नुपर्ने बारेमा बताएl ट्राफिक समस्याबारेमा खरसाङका ट्राफिक ओसी दोर्ज शेर्पाले कार्यक्रममा उपस्थित सबैलाई बढ्दो गाडीहरुको भीडबाट सबैलाई सुरक्षित रहनेबारेमा बताएl कार्यक्रमका विशिष्ट अतिथि जीटीएका सभासद नुरी शेर्पाले पुलिसद्वारा आयोजित यस जनचेतना कार्यक्रमको सराहना गर्दै यस्तो कार्यक्रम समयअनुसार आवश्यक रहेको बताएl यस्ता कार्यक्रमहरु आयोजनामा सहयोग गर्ने वचन उनले दिएl दिलाराम पुलिस आउटपोस्टका ओसी पासाङ तामाङले आर्थिक विपन्नता झेल्दै आएका परिवारका कोही ड्रग्सको दुर्व्यसनमा फसेका छन् र उसलाई रिह्याबिलिटेसन सेन्टरमा लैजान परे आर्थिक सहयोग गर्ने वचन दिएका छन्l              

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement