खरसाङ र तीनधारेमा डा. भीमराव अम्बेडकरको जन्म जयन्ती पालन

IMG-20250414-WA0339

खरसाङ: श्री दमाई समाज खरसाङको आयोजनामा खरसाङमा डा. भीमराव अम्बेडकरको १३४औं जन्म जयन्ती पालन गरिएको छ। उक्त कार्यक्रम श्री दमाई समाज खरसाङको कार्यालयमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा श्री दमाई समाज खरसाङको सभापति प्रकाश सेवाको बाहुलीबाट डा. भीमराव अम्बेडकरको तस्वीरमा‌ माल्यार्पणसहित धूप द्वीप प्रज्वलन गरेर श्रध्दाञ्जली अर्पण गरिएको जानकारी प्राप्त भएको छ। यस कार्यक्रमलाई दिपेन सेवाले सञ्चालन गरेका थिए। यस कार्यक्रममा श्री दमाई समाज खरसाङको कार्यकारी सदस्यहरूको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा पदाधिकारीहरुले डा. भीमराव अम्बेडकरको जीवनी र उनको योगदान विषयमा चर्चा परिचर्चा गरेका थिए।


त्यसरी नै तीनधारेमा पनि अखिल भारतीय नेपाली अनुसूचित जाति संघ तीनधारे शाखाको आयोजनामा डा. भीमराव अम्बेडकरको १३४औं जन्म जयन्ती पालन गरिएको छ। यस अवसरमा सुरेशचन्द्र दर्नालको बाहुलीबाट डा. भीमराव अम्बेडकरको तस्वीरमा‌ माल्यार्पणसहित धूप द्वीप प्रज्वलन गरेर श्रध्दाञ्जली अर्पण गरिएको छ। त्यसरी नै घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत सदस्या सुष्मिता गजमेर र श्याम शंकरको बाहुलीबाट पनि डा. भीमराव अम्बेडकरलाई श्रध्दाञ्जली अर्पण गरिएको छ‌ यस अवसरमा डा. भीमराव अम्बेडकरको जीवनी र उनको योगदान विषयमा चर्चा परिचर्चा गरिएको जानकारी तीनधारेबाट सुदन लकान्द्रीले दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement