घैयाबारीमा डा. भीमराव अम्बेडकरको १३४औं जन्म जयन्ती समारोह सम्पन्न

IMG-20250414-WA0335

खरसाङ: अखिल भारतीय नेपाली अनुसूचित जाति संघ घैयाबारी शाखाको आयोजनामा घैयाबारीमा डा. भीमराव अम्बेडकरको १३४औं जन्म जयन्ती समारोह सम्पन्न भएको छ‌। उक्त कार्यक्रम घैयाबारीको लोवर गैरी गाउँस्थित सार्वजनिक भवनमा घैयाबारी शाखाको पूर्व सभापति प्रसाद शंकरको अध्यक्षता र बिपन विश्वकर्मको सञ्चालनमा सम्पन्न भएको छ।‌ डा. भीमराव अम्बेडकरको तस्वीरमा‌ माल्यार्पणसहित धूप द्वीप प्रज्वलन गरेर थालिएको कार्यक्रममा नेपाली नव वर्ष पहिलो वैशाख पनि पालन गरिएको छ। कार्यक्रममा नानीहरुले गीत, नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा अखिल भारतीय नेपाली अनुसूचित जाति संघ घैयाबारी शाखाको सभापति मणिकुमार खातीले सम्बोधन गरेका थिए भने सचिव रुपेस गदालले संगठनको गतिविधि विषयमा वक्तव्य राखेका थिए। त्यसरी नै शिक्षक नयन खातीले शिक्षा विषयमा वक्तव्य राखेका थिए। यसै कार्यक्रममा अखिल भारतीय नेपाली अनुसूचित जाति संघ घैयाबारी शाखाको वयोवृद्ध सदस्य एंव वरिष्ठ नागरिक दिलकुमार गजमेर र निट परीक्षा उत्तीर्ण गर्ने घैयाबारीका विद्यार्थी दिक्षा रसाईलीलाई सम्मान जनाइएको छ।

यस कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै भारतीय नेपाली अनुसूचित जाति संघ घैयाबारी शाखाको सदस्य बिपन‌ विश्वकर्मले अखिल भारतीय नेपाली अनुसूचित जाति संघ घैयाबारी शाखाको आयोजनामा घैयाबारीमा डा. भीमराव अम्बेडकरको १३४औं जन्म जयन्ती पालन गरिएको जानकारी गराएका छन्‌‌। उनले डा. भीमराव अम्बेडकर जयन्तीसितै पहिलो वैशाख कार्यक्रम पनि आयोजना गरिएको बताएका छन्‌। उनले डा. भीमराव अम्बेडकर दलितहरुका लागि मसीहा थिए भनी बताउँदै डा भीमराव अम्बेडकरले भारतीय संविधान लेखेर सम्पूर्ण भारतीयहरुका लागि साथै अनुसूचित जातिको लागि ठूलो काम गरेर सबैको लागि प्रेरक बनेको पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement