सोनादामा भारतरत्न डा. भीमराव अम्बेडकरको १३४औं जन्म जयन्ती समारोह सम्पन्न

IMG-20250414-WA0337

सोनादा: अखिल भारतीय नेपाली अनुसूचित जाति संघ सोनादा शाखाको आयोजनामा सोनादामा भारतरत्न डा. भीमराव अम्बेडकरको १३४औं जन्म जयन्ती समारोह सम्पन्न भएको छ। उक्त समारोहको अध्यक्षता हर्क घिमिरेले गरेका थिए भने प्रमुख अतिथिको रुपमा क्षेत्रीय सभासद अनोश थापा उपस्थित रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिको रुपमा सञ्जीव मोथे ष सुरेन दियाली विशाल विश्वकर्म, बुध्दवीर सार्की, लालकुमार सिंह, देवराज तामाङ, निता शंकर आदि उपस्थित रहेका थिए‌।कार्यक्रमलाई प्रभात रसाइलीले सञ्चालन गरेका थिए‌ भने स्वागत सम्भाषण संयोजक अर्चना शंकरले राखेका थिए। कार्यक्रमको शुरुवात भारतरत्न डा भीमराव अम्बेडकरको तस्वीरमा‌ माल्यार्पणसहित धूप द्वीप प्रज्वलन गरेर साथै गणेश स्तुतिको साथमा गरिएको थियो‌ कार्यक्रममा मारुती नृत्य, गीत, नृत्य लगायत विभिन्न सांस्कृतिक कार्यक्रमहरु प्रस्तुत गरिएको थियो। कार्यक्रममा डा. भीमराव अम्बेडकरको जीवनी विषयमा सलोनी सेवाले राखेका थिए। त्यसरी नै डा. भीमराव अम्बेडकरको दर्शनबारे एक परिचय सिता खातीले राखेका थिए। कार्यक्रममा वर्तमान सभापति र सचिवको बाहुलीबाट संयोजकहरुलाई स्मृति चिन्ह प्रदान गरेर सम्मान गरिएको थियो। कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित सभासद अनोश थापाले आफ्नो सम्भाषण राखेका थिए‌। त्यसरी नै कार्यक्रममा भूतपूर्व संयोजकहरुलाई पनि प्रशस्ति पत्रहरु पनि प्रदान गरेर सम्मान गरिएको छ‌। कार्यक्रममा डा. भीमराव अम्बेडकर विषयमा शरद सिंहले दुई शब्द राखेका थिए‌ कार्यक्रममा धन्यवाद ज्ञापन सभापति प्रेम सुनामले राखेका थिए भने कार्यक्रम समापनको घोषणा सभाध्यक्ष हर्क घिमिरेले गरेका थिए।

कार्यक्रम विषयमा पत्रकारहरुसित कुराकानी गर्दै अखिल भारतीय नेपाली अनुसूचित जाति संघ सोनादा शाखाको कार्यकारी सभापति एंव मुख्य सल्लाहकार शरद सिंहले अखिल भारतीय नेपाली अनुसूचित जाति संघ सोनादा शाखाको आयोजनामा सोनादामा भारतरत्न डा. भीमराव अम्बेडकरको १३४औं जन्म जयन्ती पालन गरिएको जानकारी गराएका छन्‌‌। उनले कार्यक्रममा विभिन्न स्थानहरुबाट आएका नानीहरुले गीत, नृत्य प्रस्तुत गरेको जानकारी गराएका छन्‌‌। उनले कार्यक्रममा सहभागी र सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement