कोविड़ नेपाल: थप १०४ जना कोरोनाले ग्रसित, २०१ जना भए निको, २ जनाको मृत्यु

IMG_20220101_140816-2-1-1068x567.jpg

कठमाडौँ: नेपाल स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअनुसार पछिल्लो २४ घण्टामा देशमा थप १०४ जना कोरोना भाइरसले ग्रसित भएको छन् भने यो रोगले आज २ जनाकाे मृत्यु भएकाे छ।

मन्त्रालयअनुसार हिजो ३,५८७ जनाको कोरोना परीक्षण गरेकोमा १०४ जनामा संक्रमण पुष्टि भएको छ। (१,५९२ जनाको आरटी-पीसीआर परीक्षणमा ८९ जना अनि १,९९५ जनाको एन्टीजेन परीक्षणमा १५ जना गरी १०४ जना)

देशभरी, पछिल्लो २४ घण्टामा कोरोनाबाट २०१ जना निको भएका छन् भने हाल सक्रिय संक्रमित मामिला २,३१६ रहेको छ। ऐसै अवधिमा यस रोग बाट निको हुने दर ९८.६℅ दर्ता गरिएको छ।

अहिलेसम्म देशमा कोरोना संक्रमितको कुल संख्या ११,५०,१७२ पुगेको छ भने १२,०१४ जनाको मृत्यु भएको छ। यसरी नै ९,८४,४१३ जना कोरोनामुक्त भयर सामान्य जीवनमा पार्कियेका छन्।

अहिलेसम्म कोरोना रोधीको पूर्ण खोप लाउनेको कुल सङ्ख्या २,२२,८०,३०२ रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement