पीबी सिक्स फूटबल दल निगाले बन्याे च्याम्पियन

IMG-20250414-WA0040

मिरिक: निगाले युथ क्लबकाे आयाेजनामा सम्पन्न भइरहेकाे खुल्ला मिनी पाेष्ट फूटबल प्रतियोगिताको फाइनल खेल सम्पन्न भयाे। एसपीके सिक्स मिरिक फूटबल दल बनाम पीबी सिक्स फूटबल दल निगाले बिच भएकाे राेचक फाइनल खेलमा पीबी सिक्स फूटबल दल निगालेले शुन्यकाे विरूद्ध दुई गाेल गरि एसपीके सिक्स मिरिक फूटबल दललाई पराजित गरि च्याम्पियन बन्याे। प्रतियोगिताको विजेता दललाई आकर्षक ट्रफी साथै पचास हजार रूपियाँ र पराजित दललाई आकर्षक ट्रफी साथै तीस हजार रूपियाँ आयाेजक समितिले पुरस्कार प्रदान गर्याे।

सीके गाेलेकाे अध्यक्षतामा सम्पन्न भएकाे फाइनल खेलका मुख्य अतिथि जीटीए सियाेक गाेपालधारा ओकेटी समष्टिका सभासद ध्रुब बम्जन थिए।यस अवसरमा जीटीए स्वास्थ्य एंव जनकल्याण विभागका कार्यकारी सभासद अरूण सिग्ची, ग्राम पन्चायत सदस्यहरू सुरेस पाख्रिन, दिमुक तामाङ, संगीत राई, जनसम्पर्क अधिकारी विवेक गाेले, मिरिक सूचना एंव साँस्कृतिक विभागका इन्चार्ज मिलन राई, समाजिक कार्यकर्ताहरू विश्वास गाेले, रतन राई, जेष्ठ नागरिकहरू मिलन गाेले, किरण थापा, एसएस गाेले आदि उपस्थित थिए। फाइनल खेलमा राकेस गाेलेले सेक्साेफाेनमा धून, भाेइस अफ नेपाल किट्सका प्रतियाेगी आश्मिक खवास, केवन राई आदिले गीत प्रस्तुत गरे भने साधना कला केन्द्रका कलाकार र स्थानीय बाल कलाकारहरूले नृत्य प्रस्तुत गरे।यस अवसरमा निगाले युथ क्लबले खेल मैदानकाेलागि जमीनदाताहरू एसएस गाेले,मिलन गाेले,आरबी थापा,बिमला राई,मीना राईलाई स्मृति चिन्ह प्रदान गरेर सम्मान पनि जनायाे। फाइनल खेल अघि किरण संघ र सुनाखरी क्लबका फूटबल दल बिच मैत्री खेल पनि सम्पन्न भएकाे थियाे।

आयाेजक निगाले युथ क्लबका राकेस गाेले अनि विवेक गाेलेले युवा फूटबल खेलाडीहरूलाई प्राेत्सहान प्रदान गर्दै निगाले गाँउकाे साैन्दर्यकाे प्रचारकाेलागि गत २ फरवरीेदेखि खुल्ला मिनी पाेष्ट फूटबल प्रतियोगिताको आयाेजना गरिएकाे जसकाे सफलता पूर्वक फाइनल खेल सम्पन्न भएकाे बताए। द्वयले सबैकाे साथ र सहयाेगले प्रतियोगिता सफल बनेकाे जानकारी गराँउदै प्रतियोगितालाई सफल बनाँउन सहयाेग गर्ने सम्पूर्णप्रति आभार प्रकट गरे। फाइन खेलका मुख्य निर्णायक सुरेस पाख्रिन थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement