बिजुलीको कटआउट खुल्लै अवस्थामा रहेकोले दुर्घटनाको आशंकामा गाउँलेहरू

IMG_20220911_152519.png

राजगञ्ज: खतरनाक अवस्थामा जमिनदेखि मात्र केही फुट माथि खुल्लै अवस्थामा बिजुलीको कटआउट रहेकोले कुनै पनि समय अप्रिय घटना घट्न सक्ने सम्भावना रहे तापनि विद्युत विभागले यसतर्फ कुनै ध्यान नदिएको बताइएको छ । धेरै दिन अघिदेखि सिलगढी संलग्न फुलबारी २ नम्बर ग्राम पञ्चायतको पुटीमारी राङ्गालीभिटा इलाकामा उक्त दृश्य देखापरेको छ । यसको छेउमै शिशु शिक्षा केन्द्र रहेको छ । जन बाहुल्य उक्त इलाकामा प्रतिदिन हजारौं मानिसहरू त्यहीँ सडक भएर आवत-जावत गर्ने गर्दछन् । कुनै अप्रिय दुर्घटना नहोस् भनेर उक्त कटआउटको चारैतिर फलामको नेटले घेरिदियोस् भन्ने स्थानीय मानिसहरूले बताए । चाँडै यसबारे सम्बन्धित विभागले उचित व्यवस्था गरोस् भनेर स्थानीय मानिसहरूले बताए ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement