धनुकाँड़ वर्ल्ड कपमा स्वर्ण पदक जित्ने मौका गुमायो भारतले

IMG-20250414-WA0171

नयाँ दिल्ली: धीरज बोम्मादेवरा, तरुणदीप राई र अतनु दासको टीम अमेरिकाको अर्बनडेलमा जारी धनुकाँड़ (आर्चरी) वर्ल्ड कप चरण 1-को पुरुष रिकर्व टीम स्पर्धामा स्वर्ण पदक जित्नदेखि चुक्यो। भारतीय टीमले फाइनलमा चीनविरुद्ध १-५-ले हारको सामना गर्नु पऱ्यो। यसरी भारतले यस स्पर्धामा रजत पदक हासिल गऱ्यो। यो भारतको सीजनको पहिलो टुर्नामेण्टमा तेस्रो पदक हो। भारतको नजर चौथो पदकमाथि पनि रहनेछ कारण धीरजले पुरुष रिकर्व व्यक्तिगत वर्गमा पदक जित्ने रेसमा कायम रहेका छन्। यसअघि भारतले कम्पाउण्ड मिश्रित टीम स्पर्धामा स्वर्ण अनि कम्पाउण्ड पुरुष टीम स्पर्धामा काँस्य पदक जितेको थियो। अभिषेक वर्मा कम्पाउण्ड पुरुष व्यक्तिगत वर्गमा चौथो स्थानमा रहेर पदक जित्नदेखि चुकेका थिए। रिकर्व टीमको फाइनलमा भारत र चीनबीच पहिलो सेट १-१-को बराबरीमा समाप्त भयो, जसमा दुवै टीमले ५४-५४ पोइण्ट्स हासिल गऱ्यो। भारतीय टीमले २ पल्ट १० अनि २ पल्ट ९ पोइण्ट्स बनायो तर २ पल्ट ८ पोइण्ट्स हासिल हुँदा सेट जित्ने मौका गुमायो। ली झोंगयुआन, काओ वेनचाओ र वेंग यानको चीनकी टीमले दोस्रो सेटमा ४ पल्ट १० पोइण्ट्स हासिल गरी ३-१-को बढ़त हासिल गऱ्यो। भारतले फेरि ८ पोइण्ट्समा तीर हानेर सेट ५५-५८-ले गुमायो। म्याचमा कायम रहन भारतको निम्ति तेस्रो सेटमा जीत जरूरी थियो तर टीम फेरि एकपल्ट लड़खड़ायो अनि केवल ५४ पोइण्ट्स बनाउन सक्यो जबकि चीनले ५५ पोइण्ट्सको साथ स्वर्ण पदक जित्यो। स्पर्धामा काँस्य पदक पनि चीनले नै जित्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement