मुसेटीलाई पराजित गरी मोण्टे कार्लो मास्टर्सको खिताब जिते अल्काराजले

IMG-20250414-WA0157

नयाँ दिल्ली: स्पेनका कार्लोस अल्काराजले एक सेट गुमाएपछि असाधारण पुनरागमन गर्दै इटलीका लोरेञ्जो मुसेटीलाई ३-६, ६-१, ६-०-ले पराजित गरी मोण्टे कार्लो मास्टर्स टेनिस टुर्नामेण्टमा आफ्नो पहिलो खिताब जिते। गत वर्ष विम्बल्डनमा ट्रफी जितेपछि स्पेनिश खेलाड़ीको यो पहिलो ठूलो जीत हो। मार्चमा उनी मियामीमा शुरुवाती राउण्डमै बाहिर भएका थिए। इण्डियन वेल्समा पनि उनी सेमिफाइनलमा हारेका थिए। यसपाली मियामीमा चाहिँ २१ वर्षीय खेलाड़ीले फर्म हासिल गर्दै आफ्नो छैटौं मास्टर्स १००० खिताब जिते। फाइनलमा मुसेटीले दुईपल्ट ब्रेक पोइण्ट लिए अनि अल्कारेजको ११ वटा अनफोर्स्ड एरर-को फाइदा उठाउँदै पहिलो सेट जिते। दोस्रो सेटमा चाहिँ फर्म हासिल गर्दै अल्काराजले दुईवटा ब्रेक पोइण्ट लिएपछि लगातार ५ गेम जितेर दोस्रो सेट आफ्नो नाम गरे। अल्काराजको अथक गति, सन्तुलन र शक्ति अघि मुसेटीलाई असहाय देखियो। तेस्रो सेटमा मामिला एकतर्फी रह्यो। स्पेनिश खेलाड़ीले शुरुमै ३-०-को बढ़त हासिल गरे। यसबीच इटलीका खेलाड़ीले मेडिकल टाइम आउट लिनु पऱ्यो। त्यसपछि अल्काराजले पछि फर्किएर हेरेनन्। यस जीतपछि अल्काराजले एटीपी ऱ्याङकिंगमा अलेक्जेण्डर ज्वेरेवलाई पछि छोड़ेर दोस्रो स्थान हासिल गर्ने तय छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement