गैंड़ाको आक्रमणमा परी एकजना घाइते

Chhetriya-Samachar-2

अलिपुरद्वार: आज बिहान अलिपुरद्वार-१ प्रखण्डको पश्चिम शिमलाबाड़ी क्षेत्रमा गैंड़ाको आक्रमणमा परी एकजना व्यक्ति गम्भीर रूपमा घाइते भएका छन्। घाइते व्यक्तिको नाम अचिरूद्दीन मियाँ रहेको बताइएको छ।
स्थानीय सूत्र अनुसार बिहान चिलापाता जंगलबाट आएको एउटा गैंड़ा मकैको खेतमा लुकेर बसेको थियो। गाई-वस्तु चराउन गएका अचिरूद्दीनमाथि लुकेर बसेको गैंड़ाले अचानक आक्रमण गऱ्यो जसमा तिनी घाइते भए। स्थानीय मानिसहरूको सहयोगमा घाइते अचिरूद्दीनलाई पहिला पंचकोलगुड़ी ग्रामीण अस्पताला पुऱ्याइयो जहाँबाट तिनलाई फेरि अलिपुरद्वार ज्लिला अस्पतालमा लगियो। अस्पताल सूत्र अनुसार घाइते व्यक्तिलाई प्राथमिक उपचारपछि छोड़ियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement