एसटीएनएम अस्पतालमा पानी आपूर्ति गर्न विभाग प्रयासरत

IMG-20250413-WA0282

गान्तोक: गत केही दिनदेखि सोचेग्याङस्थित एसटीएनएम अस्पतालमा पानीको समस्यालाई लिएर राज्यका विभिन्न सामाजिक सञ्जालमा देखापरेको प्रतिक्रियामाथि मध्यनजर राख्दै सरकारको पीएचइ र स्वास्थ्य एवं परिवार कल्याण विभागले पानी आपूर्तिको काम गरिरहेको छ। यस क्रममा विभागका कर्मचारीहरूले २४ घण्टै मकाम गरिरहेको जानकारी विभागद्वारा गराइएको छ। यसबारे स्वास्थ्य विभागले स्पष्टिकरण दिँदै अस्पतालमा पानी आपूर्ति गर्ने प्रयास लगातार रुपमा भइरहेको र अहिलेसम्म पानीको पाइपमा जमा भएको मैला हटाउने कार्य चलिरहेको जानकारी गराएको छ। पाइपलाइनमा अझै पनि समस्या देखिएको कारण अस्पतालमा पानी पुऱ्य़ाउनमा बाधा उत्पन्न भएको बताइएको छ। पाइपलाइनको समस्या समाधान नभएसम्म पानीको अभाव कम गर्न अस्थायी व्यवस्था अप्नाउँदै गान्तोक अग्निशमन केन्द्रको सहयोगमा अस्पतालको ट्याङ्कीमा पानी पुऱ्याउने काम भइरहेको जानकारी गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement