अन्तर्राष्ट्रीय युवा सम्मेलनको दोस्रो दिन विविध विषयमाथि चर्चा

IMG-20250413-WA0281

गान्तोक: याङगाङको हेलिप्याडमा हिजोदेखि शुरू भएको तीन दिवसीय अन्तर्राष्ट्रीय युवा सम्मेलनको दोस्रो दिन सिक्किम विधानसभाकी उपाध्यक्ष राजकुमारी थापा मुख्य अतिथिको रूपमा उपस्थित थिइन्। याङगाङ पर्यटन विकास समिति र राज्य सरकारको पर्यटन विभागको संयुक्त पहलमा आयोजित तीन दिवसीय कार्यक्रमको मुख्य उद्द्श्य सिक्किमलाई पर्यटन क्षेत्रमा बढावा दिनु हो। यस कार्यक्रममा देशका १७ राज्य र विदेशबाट पनि प्रतिनिधिहरूले सहभागिता जनाएका छन्। हिजोदेखि शुरू भएको अन्तरार्ष्ट्रीय युवा सम्मेलनको समापन भोलि १६ अप्रेलके दिन हुनेछ। यस अवसरमा स्थानीय अर्थतन्त्रमा पर्यटनको प्रभावमाथि प्यानल डिस्कनको आयोजन गरिएको थियो। जसमा स्टेक ब्यांक अफ् सिक्किमका प्रबन्ध निर्देशक फूर्बा वाङदी, इटीटीएचओएका सल्लाहकार देवासिस चक्रबर्ती, सचिव डा. एबी कार्की, एसएचआरएका कोषाध्यक्ष यश मारदा लगायत अन्यहरूले सहभागिता जनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement