रेस्टुरेन्टबाट आत्मनिर्भर भएका राई परिवारको कार्यप्रति मुख्यमन्त्री हर्षित

IMG-20250413-WA0280

गान्तोक: गेजिङ जिल्ला भ्रमणको क्रममा मुख्यमन्त्री तामाङले आज सोताङ रेस्टुरेन्टको खाना खाए र रेस्टुरेन्टका स्वामी डम्बरसिंह राई र उनका परिवारसित कुराकानी गरे। गेजिङ जिल्लाअन्तर्गत मिडल ओमचुङमा सञ्चालित रेस्टुरेन्टले ग्रामीण क्षेत्रका मानिसहरूलाई उद्यामी बन्नमा प्रेरित गरेको छ। मुख्यमन्त्रीले रेस्टुरेन्टका मालिकसंग अन्तरक्रिया गर्दै यस कार्यबाट अन्यले पनि शिक्षा लिनुपर्ने बताए। यस अवसरमा राईले मुख्यमन्त्री लगायत उनीसँग रहेका टोलीलाई आलु पराठा खुवाए। सरकारी नोकरी खोज्ने प्रचलन रहेको बेला राई परिवारले साना स्तरको उद्यमशीलता अप्नाएर आत्मनिर्भरताको उदाहरण बन्ने सफल भएकोमा मुख्यमन्त्रीले खुशी व्यक्त गरे। मुख्यमन्त्रीले रेस्टुरेन्टको सफाइ, किचन र शौचालय सुविधामाथि ध्यान दिनुपर्ने सल्लाह पनि दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement