महोत्सवमा मुख्यमन्त्री तामाङ अचानाक पुगे राबाङला छो-जो फेस्ट

IMG-20250413-WA0279

गान्तोक: गत ११ अप्रेलदखि शुरू भएको राबाङला छो-जो महोत्सवको तेस्रो दिनको कार्यक्रममा मुख्यमन्त्री प्रेमसिंह तामाङ अचानक पुगेपछि आयोजक समिति लगायत सबै जना चकित बने। मुख्यमन्त्रीको आगमन हुन साथ आयोजक समिति साथै स्थानीयहरूले स्वागत जनाए। उनको अप्रत्याशित भ्रमणले महोत्सवमा अझ बढी उत्साह आएको र यसले उक्त क्षेत्रका जनतासँग मुख्यमन्त्रीको सम्वन्ध घनिष्ठ रहेको प्रमाणित गरेको भनाइ छ। यस अवसरमा मुख्यमन्त्री तामाङले उक्त उत्सवको प्रमुख आकर्षण पहिलो मुख्यमन्त्री गोल्ड कप भलिबल प्रतियोगिताको अवलोकन गरे। खेलकुदको माध्यमद्वारा मानिसहरूलाई एकताको सुत्रमा गाँस्नको साथै युवाहरूलाई खेलकुदप्रति आकर्षित तुल्याउने उद्देश्यले आयोजित कार्यक्रममा मुख्यमन्त्रीको आकस्मिक उपस्थितिले सबैमा उत्साहको भावना जागेको साथै खेलाडीहरूले पनि उत्साहजनक प्रदर्शन गरेको आयोजक समितिको भनाइ छ। आफ्नो सम्बोधनमा मुख्यमन्त्री तामाङले यो जीवन्त महोत्सव सिक्किमको समृद्ध सांस्कृतिक सम्पदा र जनताको अटल भावनाको प्रतिबिम्ब बताए। उनले राज्यका ग्रामीणस्तरमा खेलकुद र सांस्कृतिक सद्भाव प्रवर्द्धन गर्ने महत्त्वमाथि जोड़ दिए। मुख्यमन्त्रीले यस उत्सवलाई भव्यरूपमा सफल बनाउन आयोजक समितिले गरेको प्रयास साथै स्थानीयहरूको सहभागिताको निम्ति धन्यवाद दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement