सिलगढी: आज सिलगढी नगरनिगमको ४६नम्बर वार्डस्थित श्री गुरु विद्या मन्दिर स्कुलको प्राङ्गणमा वार्ड पार्षद दिलीप बर्मनको पहलमा मेगा रक्तदान शिविरको आयोजना गरियो। सिलगढी नगरनिगमका अध्यक्ष प्रतुल चक्रवर्तीले ठाकुर पञ्चानन वर्माको तस्विरमा माल्यार्पण गरेर शिविरको उद्घाटन गरे।आज समपन्न यस रक्तदान शिविरको माध्यमद्वारा ६०० युनिट रगत संग्रह गर्ने लक्ष्य राखिएको छ। यसबाहेक वार्ड पार्षद दिलीप बर्मनले ६ जना दिव्याङ्गलाई ट्राई साइकल, आदिवासी सम्प्रदायका मानिसहरूलाई तिनीहरूको सांस्कृतिक सामग्री र आवश्यकमन्द नानीहरूलाई शिक्षण सामग्री प्रदान गरे।