सल्ट र कोहलीको अर्द्धशतकले आरसीबी सजिलैसँग ९ विकेटले विजयी

IMG-20250413-WA0272

जयपुर: रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी)-ले आइतवार खेलिएको आईपीएल २०२५-को एकतर्फी म्याचमा राजस्थान रोयल्सलाई ९ विकेटले पराजित गऱ्यो। यस जीतको साथ आरसीबी ६ वटा म्याचमा ८ पोइण्ट्सको साथ आईपीएल पोइण्ट्स टेबलको तेस्रो स्थानमा पुग्यो जबकि त्यति नै म्याचमा ४ वटा हारेर राजस्थान रोयल्स चाहिँ ४ पोइण्ट्सको साथ सातौं स्थानमा रहेको छ। सवाई मानसिंह स्टेडियममा आइतवार टस हारेर पहिला ब्याटिंग गर्दै राजस्थानले २० ओभरमा ४ विकेट गुमाएर १७३ रन बनायो। त्यसपछि आरसीबी-ले १७.३ ओभरमा एक विकेटमा १७५ रन बनाएर म्याच जित्यो। आरसीबी-को निम्ति फिल सल्ट (६५) र विराट कोहली (अविजित ६२ रन) -ले अर्द्धशतक बनाए। लक्ष्यलाई पीछा गर्दै आरसीबी को शुरुवात असल रह्यो। सल्ट र कोहलीको ओपनिंग जोड़ीले पहिलो विकेटको निम्ति ५२ बलमा ९२ रनको पार्टनरशीप गरे। सल्ट ६ वटा छक्का र ५ वटा चौकाको साथ ३३ बलमा ६५ रन बनाएर आउट भए। सल्ट आउट भएपछि कोहलीले देवदत्त पडिक्कलसँग दोस्रो विकेटको निम्ति ५४ बलमा ८३ रनको अटूट पार्टनरशीप गरी आरसीबी लाई विजयी बनाए। कोहलीले ४५ बलमा ४ वटा चौका र २ वटा छक्काको साथ अविजित ६२ रन बनाए। यसरी पडिक्कलले २८ बल खेलेर ५ वटा चौका र एउटा छक्काको सहायताले अविजित ४० रन बनाए। आज राजस्थानका बलरहरूलाई असहाय देखियो ।
यसअघि राजस्थान रोयल्सले ओपनर यशस्वी जयसवालको अर्द्धशतकको सहायताले असल स्कोर बनायो। जयसवालले ४७ बल खेलेर १० वटा चौका र २ वटा छक्काको साथ ७५ रन बनाए। उनले कप्तान सञ्जु सेमसनसँग पहिलो विकेटको निम्ति ४९ र रियान परागसँग दोस्रो विकेटको निम्ति ५६ रनको पार्टनरशीप गरे। सेमसनले १५ अनि परागले २२ बलमा ३० रनको योगदान दिए। आईपीएलको जारी सीजनमा आफ्नो दोस्रो अर्द्धशतक बनाएपछि जयसवाल १६औं ओभरमा आउट भए। त्यसपछि ध्रुव जुरेलले अन्तिम ओभरहरूमा केही दर्शनीय शट्हरू खेलेर टीमलाई १७३ रनसम्म पुऱ्याए। जुरेलले २ वटा छक्का र २ वटा चौकाको साथ २३ बल खेलेर अविजित ३५ रन बनाए। आरसींबी-का ओपनर फिल्ट सल्टले प्लेयर अव् द म्याच को पुरस्कार हासिल गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement