सेरि एः इण्टर र एसी मिलानको साथमा नापोलीले रोमाञ्चक जीत

IMG-20220911-WA0107.jpg

११ सेप्टेम्बरः इटालियन सेरि ए फूटबलमा शनिवार राति दुवै इण्टरको साथमा नापोलीले रोमाञ्चक जीत हासिल गऱ्यो। इण्टर मिलानले अन्तिम क्षणमा गोल गरी तोरिनो विरुद्ध १-०-ले जीत हासिल गऱ्यो। म्याचमा ५७ प्रतिशत पोजेशनको साथ खेल्ने इण्टरबाट एकमात्र गोल मार्सेलो ब्रोजोविचले ८९औं मिनटमा छिराए। म्याचमा शुरुदेखि नै तोरिनोले इण्टरलाई कड़ा चुनौती दियो। यस जीतको साथै इण्टर ६ वटा म्याचमा १२ पोइण्टको साथ सेरि ए टेबलको चौथो स्थानमा पुग्यो। तोरिनो १० पोइण्टको साथ सातौं स्थानमा रहेको छ। यसरी नै नापोलीले पनि स्पेजिया विरुद्ध जीतको निम्ति अन्तिम क्षणसम्म प्रतीक्षा गर्नु पऱ्यो। गिआकोमो रासपेडोरीले ८९औं मिनटमा दिलाएको एकमात्र गोलले नापोली १-०-ले विजयी भयो। यस जीतको साथै नापोली ६ वटा म्याचमा १४ पोइण्टको साथ गोल अन्तरको आधारमा शीर्ष स्थानमा पुग्यो। स्पेजिया ५ पोइण्टको साथ १४औं स्थानमा रहेको छ।

यसबीच एसी मिलानले चाहिँ दशजना खेलाड़ीको साथ खेल्दै सेम्पडोरिया विरुद्ध २-१-ले जीत हासिल गऱ्यो। राफाएल लिओलाई ४७औं मिनटमा रातो कार्ड देखाइँदा दशजना खेलाड़ीमा सीमित हुने एसी मिलानबाट जूनियर मेसिअसले छैटौं र ओलिभिएर गिरोडले ६७औं मिनट (पेनल्टी)-मा गोल गरे। यसरी नै सेम्पडोरियाबाट फिलिप डुरिसिचले ५७औं मिनटमा गोल गरे। यस जीतपछि एसी मिलान १४ पोइण्टको साथ दोस्रो स्थानमा रहन पुग्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement