घैयाबारी ग्राम पञ्चायत तीनलाई प्रथम पुरस्कार प्राप्त

IMG-20250413-WA0220

खरसाङ: खरसाङ खण्ड अन्तर्गत घैयाबारी तीन ग्राम पञ्चायत कार्य सफल‌ गर्नेमा प्रथम बनेको छ। शनिबार सिलगढीमा भएको जिल्ला समीक्षा सभामा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन अन्तर्गत पर्ने सबै खण्ड अनि खण्ड अन्तर्गत पर्ने ग्राम पञ्चायतहरुलाई लिएर सम्पन्न भएको थियो। यस समीक्षा सभामा विभिन्न ग्राम पञ्चायतहरुका पञ्चायत प्रधान र सचिवहरु लगायत जीटीएका उच्च स्तरीय पदाधिकारीगण साथै राज्य प्रभारी मन्त्री प्रदीप कुमार मजुमदार, बेचराम मन्ना, सिउली शाह, दार्जिलिङ जिल्ला अधिकारी प्रीति गोयल लगायत अन्यहरु उपस्थित रहेका थिए।उक्त समीक्षा सभामा खरसाङ खण्ड अन्तर्गत पर्ने घैयाबारी ग्राम पञ्चायत तीनले सर्वोत्कृष्ट कार्य गर्न सफल बनेकोले गर्दा प्रथम पुरस्कार प्राप्त गरेको जानकारी प्राप्त भएको छ।‌ यस अवसरमा प्रथम स्थानको दर्जा प्राप्त गर्दै सम्मानसहित मायाको चिन्हस्वरुप स्मृति चिन्ह प्राप्त गरेको‌ छ।

उक्त सम्मान घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत प्रधान सुष्मा वाईबा र सचिवले ग्रहण गरेको जानकारी उप प्रधान केवल राईले दिएका छन्। यस खुसीको अवसरमा घैयाबारी तीन ग्राम पञ्चायतको प्रधान, उप प्रधान, सचिव, सञ्चालक, पञ्चायत सदस्य, समिति सदस्य, भिबिडीसी, पञ्चायतका सम्पूर्ण कर्मचारी, बीएसके सबै सबैलाई बधाई दिइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement