खरसाङ: गोर्खा नव वर्ष २०८२ को उपलक्ष्यमा डेल्टास फार्मासंगको सहकार्यमा आईतबार २५ वर्षका अनुभवी डाक्टरहरूका टिमद्वारा नि:शुल्क आयुर्वेद परामर्श शिविरको आयोजना गरिएको छ। यस शिविरमा ढाड़-कम्मर दर्द, खुट्टा-गोड़़ा, जोड्नीको दर्द, शिरदर्द-माइग्रेन, पेटको समस्याहरू, सुगर-डायवेटिस, किडनी, अलसर- ग्यास लगायत विभिन्न समस्याहरूबारेमा नि:शुल्क जाँच र परामर्श दिइएको जानकारी प्राप्त भएको छ। उक्त शिविर तीनधारेको वरिष्ठ नागरिक कल्याण संगठनको होटेल गैरीस्थित कार्यालयमा आयोजना गरिएको छ। यस शिविरमा डा मनोहर सुनारको नेतृत्वमा नि:शुल्क जाँच एवं परामर्श पश्चात सुपत मूल्यमा औषधि प्रदान गरिएको जानकारी प्राप्त भएको छ।

उक्त व्यवस्था पनि डेल्टा फार्मासले मिलाएको जनाइएको छ। उक्त शिविरमा तीनधारे वरिपरिका जम्मा ३७ जना महानुभावहरूले विभिन्न रोगहरु जाँच गराएको जानकारी प्राप्त भएको छ।