आईएसएल च्याम्पियन बन्यो मोहन बगान सुपर जाइण्ट्स

IMG-20250413-WA0157

काेलकत्ता: मोहन बगान सुपर जाइण्ट्सले इण्डियन सुपर लीग (आईएसएल) २०२४-२५ सीजनको खिताब जित्यो। शनिवार काेलकत्ताको सल्ट लेक स्टेडियममा खेलिएको फाइनलमा मोहन बगान सुपर जाइण्ट्सले बेंगलुरु फूटबल क्लबलाई २-१-ले पराजित गऱ्यो। मोहन बगानले यसअघि लीग शील्ड पनि जितेको थियो। यसरी मोहन बगान एउटै सीजनमा लीग शील्ड र आईएसएल ट्रफी जित्ने लीग इतिहासको दोस्रो टीम बन्यो। यसअघि मुम्बई सिटी एफसी-ले २०२०-२१ मा यस उपलब्धिलाई हासिल गरेको थियो। फाइनलको मध्यान्तरसम्म दुवै टीमले गोल गर्न सकेन। त्यसपछि मोहन बगान सुपर जाइण्ट्सका डिफेण्डर अल्बर्टो रोड्रिगेले ४९औं मिनटमा आत्मघाती गोल गर्दा बेंगलुरु एफसी-ले बढ़त हासिल गऱ्यो। त्यसपछि अष्ट्रेलियन एटेकिंग मीडफिल्डर जेसन कमिङ्ग्सले ७२औं मिनटमा पेनल्टीबाट गोल गरी मोहन बगानलाई १-१-को बराबरीमा पुऱ्याए। त्यसपछि नियमित ९० मिनटको खेलमा दुवै टीमले थप गोल गर्न नसक्दा १५-१५ मिनटको दुई हाफमा अतिरिक्त समयको खेल भयो, जसमा अष्ट्रेलियाई फरवर्ड जेमी म्याकलरेनले ९६औं मिनटमा गोल गरी मोहन बगान सुपर जाइण्ट्सलाई च्याम्पियन बनाए। जेमी म्याकलरेनले प्लेयर अव् द म्याचको पुरस्कार जिते। नर्थईष्ट युनाइटेड एफसी-का मोरक्कन फरवर्ड एलाएद्दीन अजाराय (२३ गोल, ७ एसिस्ट)-ले गोल्डन बूट पुरस्कार जिते। गोल्डन ग्लभ्स पुरस्कार च्याम्पियन टीमका गोलकीपर विशाल कैथले जिते।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement