धनुकाँड़ वर्ल्ड कपमा भारतको झोलीमा स्वर्ण पदक

IMG-20250413-WA0156

नयाँ दिल्ली: भारतले अमेरिकाको अर्बनडेलमा जारी धनुकाँड़ (आर्चरी) वर्ल्ड कपको पहिलो चरणमा सफलताको झण्डा गाड़्यो। भारतीय कम्पाउण्ट मिश्रित टीमले वर्ल्ड कपको यस प्रतिष्ठित स्पर्धामा चाइनीज ताइपेको टीमलाई पराजित गरी स्वर्ण पदक जित्यो। ज्योति सुरेखा वेन्नम र ऋषभ यादवको जोड़ीले गजबको धैर्यको परिचय दिँदै रोमाञ्चक फाइनलमा हुआंग आई जौ र चेन चिह लुनको चाइनीज ताइपेको जोड़ीलाई १५३-१५१-ले पराजित गऱ्यो। पहिलो र दोस्रो सीरीजमा पछाड़िएपछि भारतीय जोड़ीले असाधारण पुनरागमन गऱ्यो। ज्योति-ऋषभको जोड़ीले चौथो तथा निर्णायक सीरीजमा जीत हासिल गर्दा भारतले स्वर्ण पदक हासिल गऱ्यो। यसअघि शुक्रवार भारतले स्लोवेनियालाई पराजित गरी फाइनलमा स्थान बनाएको थियो। फाइनलमा स्वर्ण पदकको निम्ति रोमाञ्चक लड़ाइँमा भारतीय जोड़ी पहिलो र दोस्रो सीरीजमा ३७-३८ र ३८-३९-ले पछि रहेको थियो तर ज्योति र ऋषभले हरेस खाएनन्। तेस्रो सेटमा असाधारण पुनरागमन गर्दै दुईजनाले दुईपल्ट १० र एकपल्ट इनर १०-मा निशाना लगाए। यसैको दममा भारतीय जोड़ीले तेस्रो सेटमा ३९-३८-ले जीत हासिल गऱ्यो। चौथो तथा निर्णायक सेटमा चाइनीज ताइपेका जोड़ीको तुलनामा भारतीय जोड़ीले असल निशाना लगायो। यसरी निर्णायक सेटमा भारतीय जोड़ीले ३९-३६-ले जीत हासिल गऱ्यो, जसले गर्दा अन्तिम स्कोर १५३-१५१-ले भारतीय जोड़ीको पक्षमा रह्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement