स्पेनिश ला लीगाः जसोतसो म्याच जित्न सफल भयो बार्सिलोना

IMG-20250413-WA0148

म्याड्रिड: असल फर्ममा रहने बार्सिलोनाले स्पेनिश ला लीगा फूटबल प्रतियोगितामा जसोतसो म्याच जित्यो। शनिवार राति खेलिएको म्याचमा बार्सिलोनाले लेगानेसविरुद्ध १-०-ले जीत हासिल गऱ्यो। यस अवे म्याचमा ६७ प्रतिशत पोजेशनको साथ खेल्ने बार्सिलोनाले जीत हासिल गर्नको निम्ति कठोर मेहनत गर्नु पऱ्यो। अन्तमा भाग्यको दममा हासिल भएको गोलले बार्सिलोनालाई जीत दिलायो। लेगानेसका डिफेण्डर जर्ज सानेजले ४८औं मिनटमा आत्मघाती गोल गर्दा बार्सिलोनालाई बढ़त हासिल भयो, जुन अन्तमा निर्णायक साबित भयो। यस जीतपछि बार्सिलोना ३१ वटा म्याचमा ७० पोइण्ट्सको साथ ला लीगा पोइण्ट्स टेबलको शीर्ष स्थानमा कायम रह्यो। यसरी मालोर्काले रियल सोसिएदादविरुद्ध २-०-ले रोचक जीत हासिल गऱ्यो। आफ्नो होम ग्राउण्डमा ६५ प्रतिशत पोजेशनको साथ खेले पनि रियल सोसिएदादले गोल गर्न सकेन। यसको विपरीत साइल लारिनले २०औं र सर्जी दारदेरले ४७औं मिनटमा दिलाएको गोलले मालोर्कालाई विजयी बनायो। यस जीतपछि मालोर्का ४३ पोइण्ट्सको साथ आठौं स्थानमा पुग्यो। नवौं स्थानमा रहने रियल सोसिएदादसँग ४१ पोइण्ट्स रहेको छ। भालेन्सियाले रोमाञ्चक म्याचमा सेविलेलाई १-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्डमा ५२ प्रतिशत पोजेशनको साथ खेल्ने विजेता टीमबाट म्याचको एकमात्र गोल मध्यान्तरको ठीक अघि इञ्ज्युरी टाइमको चौथो मिनटमा जावी गुरेराले गरे। भालेन्सिया ३७ पोइण्ट्सको साथ १२औं स्थानमा रहेको छ। ला लीगाका अन्य म्याचहरूमा एस्पानयोलले सेल्टा विगोलाई २-०-ले अनि लास पाल्मसले गेटाफेलाई ३-१-ले पराजित गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement