अभिषेकको शतकले पञ्जाब किंग्सविरुद्ध सनराइजर्सको रेकर्ड जीत

IMG-20250413-WA0003

हैदराबाद: ओपनर अभिषेक शर्माको विध्वंशी शतकको सहायताले आईपीएल २०२५-को २७औंं म्याचमा सनराइजर्स हैदराबादले पञ्जाब किंग्सविरुद्ध ८ विकेटले यादगार जीत हासिल गऱ्यो। राजीव गान्धी इण्टरनेशनल स्टेडियममा शनिवार टस जितेर पहिला ब्याटिंग गर्दै पञ्जाब किंग्सले २० ओभरमा ६ विकेट गुमाएर २४५ रनको विशाल स्कोर बनायो। त्यसपछि सनराइजर्सले पनि १८.३ ओभरमै केवल २ विकेटमा २४७ रन बनाएर रेकर्ड जीत हासिल गऱ्यो। यो आईपीएलको इतिहासमा कुनै पनि टीमले हासिल गरेको दोस्रो सर्वाधिक लक्ष्य हो। यस मामिलामा पञ्जाब किंग्स शीर्ष स्थानमा छ, जसले गत वर्ष कलकत्ता नाइट राइडर्सविरुद्ध २६२ रनको लक्ष्यलाई हासिल गरेको थियो। जीतको निम्ति २४६ रनको लगभग असम्भव लक्ष्यलाई अघि राखेर ब्याटिंग शुरु गर्ने सनराइजर्सलाई अभिषेकको शतकले जीत दिलायो। यस युवा ब्याटरले ५५ बल खेलेर १४ वटा चौका र १० वटा छक्काको साथ १४१ रन बनाए। उनले केवल ४० बलमा आफ्नो शतक पूरा गरे। अभिषेक र ट्रेविस हेडले शुरुदेखि नै आक्रामक मिजासमा खेल्दै पहिलो विकेटको निम्ति केवल ७४ बलमा १७१ रनको पार्टनरशीप गरे। हेडले ३ वटा छक्का र ९ वटा चौकाको साथ ३७ बलमा ६६ रन बनाए। हेड आउट भएपछि अभिषेकले हेनरिक क्लासेनसँग मिलेर स्कोर २२२ रनसम्म पुऱ्याए। दुईपल्ट जीवनदान पाउने अभिषेक अन्तमा १७औं ओभरमा युजवेन्द्र चहलको शिकार बने। त्यसपछि क्लासेन र ईशान किशनले मिलेर टीमलाई सजिलै जीत दिलाए। क्लासेनले अविजित २१ र किशनले अविजित ९ रन बनाए।
यसअघि पहिला ब्याटिंग गर्दै पञ्जाब किंग्सलाई प्रियांश आर्या र प्रभसिमरन सिंहको ओपनिंग जोड़ीले तेज शुरुवात दिलायो। यी दुईजनाले ४ ओभरमै ६६ रन जोड़े। प्रियांश ४ वटा छक्का र २ वटा चौकाको साथ १३ बलमा ३६ रन बनाएर आउट भए। २३ बलमा ४२ रन बनाएर प्रभसिमरन आउट हुँदा टीमको स्कोर ९१ रन थियो। प्रभसिमरनले ७ वटा चौका र एउटा छक्काको साथ २३ बलमा ४२ रन बनाए। यी दुईजना आउट भएपछि कप्तान श्रेयस अय्यरले असाधारण ब्याटिंग गर्दै टीमलाई विशाल स्कोरसम्म पुऱ्याए। श्रेयसले ६ वटा छक्का र ६ वटा चौकाको साथ ३६ बलमा ८२ रन बनाए। उनले नेहार वाधेरा (२७ रन)-सँग तेस्रो विकेटको निम्ति ७३ रनको पार्टनरशीप गरे। श्रेयस १८औं ओभरमा आउट भए। अन्तिम ओभरहरूमा मार्कस स्टोइनिसले तेजीको साथ रन बटुले। उनले ४ वटा छक्का र एउटा चौकाको साथ ११ बलमा अविजित ३४ रन बनाए। सनराइजर्सका बलरहरूमा हर्षल पटेलले सर्वाधिक ४ विकेट लिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement