गुजरात टाइटन्सलाई ६ विकेटले पराजित गर्न सफल भयो एलएसजी

IMG-20250412-WA0243

लखनऊ: लखनऊ सुपर जाइण्ट्स (एलएसजी) – ले आईपीएल २०२५-को २६औं म्याचमा गुजरात टाइटन्सलाई ६ विकेटले पराजित गऱ्यो। शनिवार एकाना स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै गुजरात टाइटन्सले २० ओभरमा ६ विकेट गुमाएर १८० रन बनायो। साई सुदर्शन र कप्तान शुभमन गिलले गुजरातलाई ठोस शुरुवात दिलाए पनि मध्यक्रमको फ्लप प्रदर्शनले गर्दा गुजरात टाइटन्स ठूलो स्कोरसम्म पुग्न सकेन। जवाफमा एलएसजी-ले १९.३ ओभरमा ४ विकेटमा १८६ रन बनाएर म्याच जित्यो। जीतको निम्ति १८१ रनको लक्ष्यलाई पछ्याउँदै एलएसजी-लाई मार्करम र कप्तान रिषभ पन्तले मिलेर ३८ बलमा ६५ रनको ओपनिंग पार्टनरशीप दिलाए। पन्त २१ रन बनाएर आउट भएपछि मार्करमले निकोलस पूरनबाट असल साथ पाए। यी दुईजनाले तेजीको साथ रन बनाउँदै दोस्रो विकेटको निम्ति ५८ रन जोड़े। अर्द्धशतक पूरा गरेपछि मार्करम र पूरन लगातार अन्तरालमा आउट भए पनि एलएसजी-लाई म्याच जित्न अधिक समस्या भएन। मार्करमले ९ वटा चौका र एउटा छक्काको साथ ३१ बलमा ५८ रन बनाए। यसरी पूरनले ७ वटा छक्का र एउटा चौका लगाएर ३४ बलमा ६१ रन बनाए। त्यसपछि डेविड मिलर केवल ७ रन बनाएर आउट भए पनि अयुष बदोनीले अन्तसम्म क्रीजमा रहेर टोलीलाई जीत दिलाए। बदोनीले अविजित २८ रन बनाए। गुजरातका बलरहरूमा प्रसिद्ध कृष्णाले सर्वाधिक २ विकेट लिए। म्याचमा पहिला ब्याटिंग गर्दै गुजरातको शुरुवात चाहिँ असाधारण रहेको थियो । कप्तान शुभमन गिल र साई सुदर्शनले पहिलो विकेटको निम्ति ७३ बलमा १२० रनको पार्टनरशीप गरे। यी दुईजना क्रीजमा रहँदासम्म गुजरातले ठूलो स्कोर बनाउने लागिरहेको थियो तर १३औं ओभरको पहिलो बलमा गिल आउट हुनको साथै एलएसजी-ले म्याचलाई नियन्त्रणमा ल्याउने मौका पायो। अवेश खानले गिल र सुदर्शनबीचको पार्टनरशीप तोड़ेपछि स्पिनरहरूले गुजरातका ब्याटरहरूलाई सताए। गिलले ६ वटा चौका र एउटा छक्काको साथ ३८ बलमा ६० रन बनाए। सुदर्शनले ७ वटा चौका र एउटा छक्काको साथ ३७ बलमा ५६ रन बनाए। त्यसपछि शेरफाने रदरफोर्ड (२२ रन) बाहेक अरू सबै आउने र जाने मात्र भए। एलएसजी-का बलरहरूमा शार्दुल ठाकुर र रवि बिश्नोईले २-२ विकेट हासिल गरे। मार्करमले प्लेयर अवा द म्याच को पुरस्कार जिते।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement