एनईसीडीसी सिनियर वुमन्स इन्टर स्टेट क्रिकेट च्याम्पियनशीपसिक्किमलाई दुई विकेटले हराएर मेघालय बन्यो च्याम्पियन

IMG-20250412-WA0246

गान्तोक: सिक्किमको आयोजनमा खेलाइएको दोस्रो नर्थइस्ट क्रिकेट डेभलपमेन्ट काउन्सिल (एनईसीडीसी) को सिनियर महिला अन्तर राज्य प्रतियोगिता मेघालयले जितेको छ। आज मानिङ क्रिकेट ग्राउण्डमा भएको यस प्रतियोगिताको फाइनलमा मेघालयले सिक्किमलाई दुई विकेटले पराजित गरेर विजयी बनेको हो। सिक्किमले टस जितेर पहिला ब्याटिङ गर्दै मेघालय सामु दिएको ११५ रनको लक्ष्यलाई मेघालयले आठ विकेट गुमाएर १९.३ ओभरमा प्राप्त गऱ्यो।
टस जितेर पहिले ब्याटिङ रोजेको सिक्किम टीमको पक्षमा प्रियङ्का कुर्मीले २७ बल खेलेर ४३ रन बनाइन। यसरी नै प्रितिका छेत्रीले २९ रन, प्रिमुला छेत्रीले १७ रन, मरियम सुब्बाले १२ रन र साम रोय प्रधानको 8 रनको सहयोगमा सिक्किमो निर्धारित २० ओभरमा ११४ रन जोड्न सफल भएको थियो। यो लक्ष्य हासिल गर्न मैदाममा उत्रिएको मेघालयको पक्षमा मोनिका एल फावाले ३७ रन, डी दत्ताले दिएको ३५ रनको सहयोगमा फाइनल जितेर मेघालय प्रतियोगिताको च्याम्पियन बनेको हो।
चारवटा खेलमा ९ विकेट र ६० रन बनाउने सिक्किमकी प्रिमुला छेत्री प्लेअर अफ दि टुनान्मेन्ट बनेकी छिन भने सर्वाधिक विकेट लिने खेलाडीको पुरस्कार पनि उनले नै जितेकी छन्। यसरी नै सिक्किमकी समायिता रोय प्रधानले प्रतियोगितामा कूल १३९ रन बनाएर सर्वाधिक रन बनाउने खेलाडीको उपाधि जितिन भने फाइनमा टीमलाई विजयी बनाउन महत्त्वपूर्ण ३७ रनको योगदान दिने मेघालयकी मोनिका एल फावा म्यान अफ् दि म्याच चुनिएकी छन्।
उल्लेखनीय छ, एनईसीडीसी वरिष्ट महिला अन्तर राज्य क्रिकेट प्रतियोगिता ७ अप्रेलदेखि शुरु भएको थियो। यसमा असम र त्रिपुरा बाहेक अन्य छ राज्यका टीमले भाग लिएका थिए भने सबैले ग्रुप स्टेजको प्रतियोगिता खेल्ने अवसर पाएका थिए। आज फाइनलमा विजेता टिमलाई आयोजकले एक लाख ५० हजार र उपविजेतालाई ७५ हजार रुपियाँको पुरस्कार राशी प्रदान गऱ्यो।
सिक्किम क्रिकेट एसोसिएसनका प्रतिनिधि समीर हाङ लिम्बूले जानकारी दिएअनुसार एनईसीटीसीको गठन २०१४ मा भएको थियो। यसको गठनको उद्देश्य बीसीसीआई-मा सदस्यता लिन असमर्थ उत्तरपूर्वी राज्यहरूमा क्रिकेट खेलको विकास गर्नु हो। एनईसीडीसीमा सिक्किम, अरुणाचल प्रदेश, मिजोरम, नागाल्यान्ड, मेघालय र मणिपुर सामेल छ। यो सङ्गठन गठन भएको समय उत्तरपूर्वका दुई राज्य असम र त्रिपुरा एलिट वर्गमा भएकाले परिषद समावेश छैनन्। यी दुई राज्यलाई पहिल्यै बीसीसीआईको सदस्यता प्राप्त भइसकेको थियो। तर, अन्य ६ राज्यलाई भने २०१८ मात्रै बीसीसीआईको सदस्यता प्राप्त भएको कारण एनईसीडीसीमा 6 राज्य मात्रै रहेका छन्।
यो प्रतियोगिता गत वर्ष शिलाङमा आयोजन भएको थियो जसमा सिक्किम र नागाल्याण्ड संयुक्त विजयी बनेका थिए। उत्तरपूर्वी राज्यहरूमा क्रिकेट खेललाई कायम राख्न र युवाहरूलाई यसप्रति प्रोत्साहित गर्ने उद्देश्यले यो प्रतियोगिता शुरु गरेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement