पाकिममा पाँचौ एमेच्योर मिस्टर सुखिम प्रतियोगिता सम्पन्न

IMG-20250412-WA0245

गान्तोक: बडीबिल्डर एसोसिएसन अफ सिक्किमले नर्थइस्ट बडीबिल्डर्स एसोसिएसनसँगको सहकार्यमा आज पाकिमस्थित कम्युनिटी हलमा पाँचौं एमेच्योर मिस्टर सुखिम प्रतियोगिता आयोजन गऱ्यो। यस अवसरमा जिल्लापाल रोहन अगवाने प्रमुख अतिथिका रूपमा उपस्थित थिए भने अतिरिक्त जिल्लापाल रबिन सेवा लगायत अन्य अधिकारीहरु विशिष्ट त्थिका रुपमा उपस्थित तिए। स्वास्थ्य जागरुकता, लागूपदार्थ गतिविधिहरूमा संलग्नता साथै विश्वव्यापी स्तरमा बडीबिल्डिङ खेललाई प्रवर्द्धन गर्ने लक्ष्य राखेर आयोजन गरिएको प्रतियोगितालाई सम्बोधन गर्दै जिल्लापालले खेलाडीहरूको समर्पण र परिश्रमको प्रशंसा गरे। उनले जित हासिल गर्नु ठूलो कुरा नरहेर सहभागिताको अनुभव महत्वपूर्ण हुने उल्लेख गरे। विशिष्ट अतिथि रबिन सेवाले खेलकुदमा सहभागी खेलाडीहरूले समाजको राजदूतको रूपमा काम गर्न सक्ने विचार प्रकट गर्दै यस प्रकारको कार्यले युवाहरुलाई प्रेरणा मिल्ने उल्लेख गरे। यसबीच आयोजक समितिका सचिव पेमा डब्ल्यूडी भोटियाले संस्थाको गतिविधिबारे जानकारी गराए। उनले युवा खेलाडीहरूलाई खेलकुदमा संलग्न गराउने उद्देश्यले काम गर्दै आएको बताउँदै युवाहरु खेलकुद क्षेत्रमा अघि आए त्यसले अन्यलाई पनि प्रोत्साहित गर्ने मन्तव्य प्रकट गरे। उक्त प्रतियोगितामा पुरुष र महिला वर्गमा कुल १०० खेलाडीहरूले भाग लिएका छन्। यसअन्तर्गत पुरुष फिजिक वर्गको च्याम्पियन थिन्ले तेन्जिङ भोटिया र महिला फिजिक वर्गमा शेराप ल्हमु भोटिया भए। त्यसैगरी, पुरुष बडीबिल्डिङ २०२५ च्याम्पियन विनोद प्रधानले जितेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement