सिलगढी: सिलगढीस्थित शास्त्री नगर सर्व कल्याण समितिको पहलमा यस बर्ष सिलगढी संलग्न जलपाइगढी अनि दार्जीलिङ जिल्लाको विभिन्न गाउँ-शहर अनि संघ-संस्थाहरुलाई लिएर संयुक्त रुपमा महासप्तमी फूलपाती शोभायात्रा गरिने भएको छ।
आज सर्व कल्याण समितिको पहलमा शास्त्री नगरमा तेस्रोपटक बसेको सभाले यस विषयमा अन्तिम निर्णय लिएको छ। सिलगढी-जलपाइगढी गोर्खा फूलपाती शोभायात्रा नामको ब्यानरमा विशाल हल, सेवक रोडबाट शोभायात्रा प्रारम्भ गरि पायल हल, पानीट्यांकी, आश्रमपाडा, हैदरपाडा परिक्रमा गर्दै शास्त्रीनगरमा सांस्कृतिक कार्यक्रम सहित समापन हुने शोभायात्राको निम्ति यसदिन क्षेत्रको विभिन्न संघ-संस्थाका प्रतिनिधिहरुलाई लिएर सिलगढी-जलपाइगढी गोर्खा फूलपाती शोभायात्रा आयोजक समिति गठन गरिएको छ, जसमा क्रमैले अध्यक्ष पासाङ लामा, उपाध्यक्ष उत्तम गुरुङ, विकास तिम्सिना, सुधा पासी, पदम छेत्री, मूल-सचिव प्रयास योञ्जन, सह-सचिव परिमल थापा, मुकेश “उपमा”, कृष्ण शर्मा “काले”, मनिष थापा, गौरी सुब्बा, कोषाध्यक्ष डी.के. विश्वकर्मा, सल्लाहकार नरेन्द्र घिमिरे, अशोक कुमार रोका, तनुजा राई, रुपन राई, प्रताप गजमेर, गणेश छेत्री, यश गुरुङ, राजेश छेत्री, कार्यकारी सदस्यहरु क्रमैले विशाल के. बरुवा, सन्तोष खाती, सुरज रसाइली, योगेश घिमिरे, अञ्जुश्री रोका, प्रमिला सिलाल, निलम राई, सबिन गुरुङ, उत्तम श्रेष्ठ, नन्द कुमार छेत्री आदि रहेका छन्।
यस अतिरिक्त समितिमा क्रमैले आश्रमपाडा गोर्खा शिवमन्दिर परिचालना समिति, खोलाचन्द फाप्री भानुभक्त जन पुस्तकालय, हिमाली युवा संघ, वरिष्ठ महिला फोरम, फाराबारी गोर्खा समाज, बालकृष्ण संघ, सिलगढी नारी शक्ति, हैदरपाडा समाज सेवा समितिबाट दुईजना गरेर आयोजक समितिमा कार्यकारी सदस्यको रुपमा राखिने निर्णय लिइएको छ। यस अतिरिक्त आगामी दिनमा यस क्षेत्रबाट फूलपाती शोभायात्रामा अंशग्रहण गर्न चाहने प्रत्येक संघ-संस्थाहरुबाट दुईजना प्रतिनिधिलाई समितिमा कार्यकारी सदस्यको रुपमा राखिने निर्णय लिइएको छ।