गान्तोक: पाकिम जिल्लाअन्तर्गत कार्थोक आर्चेरी मैदानमा शुरू भएको २३ औं मुख्यमन्त्री कम्पाउण्ड आर्चेरी गोल्ड कप प्रतियोगिताको तेस्रो दिनको खेल नाबे सोतक बनाम टीएसी नाम्चीबीच सम्पन्न भयो। कार्यक्रममा सामाजिक कार्यकर्ता अमरसिंह सुब्बा मुख्य अतिथि थिए। साथमा पञ्चायत सदस्यहरूको पनि उपस्थिति रहेको थियो। पाकिम जिल्ला आर्चेरी एसोसिएशन र जिल्ला प्रशासन केन्द्रको संयुक्त पहलमा आयोजित कार्यक्रमको मुख्य उद्देश्य राज्यको संस्कृति र परम्परासँग जोडिएको खेललाई विस्तार गर्नु हो। स्थानीय युवाहरूमा यसको गहिरो प्रभाव परेको उल्लेख आयोजक समितिले गरेको छ।आजको खेल टीएसी नाम्ची बनाम नावे सोतकबीच सम्पन्न भएको थियो जसमा टीएसी नाम्ची बिजयी बन्यो। यस प्रतियोगिताको निम्ति कुजाङ डुक्पालाई म्यान अफ् द म्याच घोषित गरियो। प्रतियोगितामा राज्यका कूल १५ दलले सहभागिता जनाको छ। जसमा सिक्किम, पश्चिम बंगाल र भूटान पनि सामेल रहेको छ। उक्त अवसरमा क्रिकेट प्रतियोगिता बाहेक गुड्डी उड़ाउने लगायत राज्यका अन्य पारम्पारिक खेलहरू पनि आयोजन गरिएको छ। जसले राज्यको पारम्पारिक खेललाई संरक्षण गर्नको साथै युवा पिड़ीलाई यसको महत्वबारे सचेत गराउने उद्देश्य राखिएको छ।









