युकेएफसी खरसाङ नेपालमा वाइ वाइ छैंटौं रवि गोल्ड कपको फाइनलमा प्रवेश

IMG-20250412-WA0199

खरसाङ: युकेएफसी खरसाङ नेपालमा सम्पन्न वाइ वाइ छैंटौं रवि गोल्ड कपको फाइनलमा प्रवेश गरेको छ। नेपालको पाँचथर मिक्लाजुङ-४,मा अवस्थित दुर्गा माविको खेल मैदान भईरहेको वाइ वाइ छैंटौं रवि गोल्डकपको शनिवार भएको पहिलो सेमी फाइनल खेलमा युकेएफसी खरसाङले आठ कर्ण एफसीलाई टाईब्रेकरमा ४-२ हराउँदै वाइ वाइ छैंटौं रवि गोल्ड कपको फाइनलमा प्रवेश गरेको जानकारी प्राप्त भएको छ। यस खेलमा दुवै दलमाझ खेल बराबरीमा समाप्त भएको थियो भने खेलको परिणाम ट्राई ब्रेकरमा आएको थियो। यस प्रतिष्ठित फुटबल टुर्नामेन्टको फाइनलमा प्रवेश गर्नु युकेएफसीको लागि ऐतिहासिक क्षण रहेको बताइएको छ। यस फुटबल टुर्नामेन्टको फाइनल खेल आगामी १४ अप्रेल पहिलो वैशाखको दिन सम्पन्न हुने भएको छ। यस फुटबल टुर्नामेन्टमा युकेएफसीको तर्फबाट कोच मेघराज थापा, सहायक कोच राजा राई, टिम म्यानेजर उज्जवल मोक्तान आदि पनि गएका थिए‌। उल्लेखनीय छ, युनाईटेड खरसाङ फुटबल क्लबले लामो समयदेखि स्थानीय फुटबल खेलाड़ीहरूलाई व्यवसायिक फुटबल खेलमा प्रोत्साहन गर्दै आईरहेको छ। युकेएफसीले स्थानीय फुटबल खेलाड़ीहरूलाई लिएर फुटबल खेलिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement