हर्टिकल्चलर विभागद्वारा कृषकहरूको निम्ति ८१ वटा प्लास्टिक मल्चिङ छाप्रो वितरण गरिने

IMG-20250412-WA0195

खरसाङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको हर्टिकल्चलर विभागद्वारा कृषकहरूको निम्ति ८१ वटा प्लास्टिक मल्चिङ छाप्रो वितरण गरिने जानकारी जीटीए हर्टिकल्चलर विभागका मनोनित सभासद प्रणाम रसाइली दिएका छन्। उनले यसबारे जानकारी गराउँदै प्लाष्टिक मल्चिङ मिरिक क्षेत्रमा तेह्रवटा, खरसाङ क्षेत्रमा छब्बीसवटा, पुल बिजनबारी क्षेत्रमा तेइसवटा अनि जोरबङगलो क्षेत्रमा तेइसवटा आगमी २२ अप्रेल २०२५ देखि २५ अप्रेल २०२५ सम्म वितरण गरिने बताएका छन्। यसको साथै उनले यसपाली पनि यसै विभागद्वारा पोली हाउस वितरण गरिने छ भन्दै यसपाली विशेष गरेर चियाबगान क्षेत्रका कृषकहरूलाई पोली हाउस वितरण गरिने बताउँदै यसको निम्ति सूची तयार भइरहेको र इच्छुक कृषकहरूले विभागसित सम्पर्क गर्ने आग्रह गरेका छन्। जसरी आज जीटीए क्षेत्रका कृषकहरूले सहुलियत पाइरहेका छन् त्यसको निम्ति उनले प्रमुख कार्यपाल अनित थापालाई धन्यवाद दिएका छन्‌। उनले विभागीय कर्मचारीहरूप्रति आभार प्रकट गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement