अप्पर सिमरिङमा हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको‌ युनिट कमिटी गठन

IMG-20250412-WA0189

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको मालुटार चियाकमान अन्तर्गत अप्पर सिमरिङ डिभिजनमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको श्रमिक संगठन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियनको युनिट कमिटी गठन गरिएको छ। उक्त कमिटी गठनको लागि अप्पर सिमरिङ युनिटमा बुद्ध सुब्बाको सभापतित्वमा सभा सम्पन्न भएको छ। उक्त सभामा क्षेत्रीय पञ्चायत समिति सदस्या अनिरा वाइबा, पञ्चायत सदस्य बिक्की तामाङ, हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको समष्टि संयोजक राजेश थापा, महुकुमा सदस्य प्रह्लाद छेत्री, पूर्ण लामा लगायत अन्य प्रतिनिधिहरु अनि श्रमिकहरुको विशेष उपस्थिति रहेको थियो।उक्त सभामा नै मालुटार चियाबारीको अप्पर सिमरिङ युनिटको नयाँ कमिटी गठन गरिएको छ। उक्त नयाँ कमिटीमा‌ सभापति कमल सुब्बा, उप सभापति सन्जय सुब्बा र अभिषेक सुब्बा, सह सचिव शारदा सुब्बा र प्रेमिका राई, कार्यकारी सचिव साजन सुब्बा र धनकुमार राई, कोषाध्यक्ष राजमान राई, सह कोषाध्यक्ष बिजय सुब्बा, प्रमुख सल्लाहकार अनिरा वाइबा र राजेश थापा, सल्लाहकार बिक्की तामाङ, कुमार छेत्री आदि रहेका छन् भनी हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन तीनधारे महानदी समष्टिको संयोजक राजेस थापाले जानकारी गराएका छन्।

About Author

Advertisement